
काठमाडौं । कुमा सागर एण्ड द ख्वपझिल्के एण्ड द कम्पनी र जेम्सी यही माघ १९ गते शनिबारको दिन चितवनमा गुञ्जिने भएका छन् । पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क (पीभीई नेटवर्क)को प्रस्तुतीमा उनीहरू ‘चिल म्युजिक फेस्टः लेट्स गेट लाउड चितवन’मा गुञ्जिन लागेका हुन् । पीभीई नेटवर्कसँग जेसीआई नारायणगढले सहकार्य गर्दै चितवनमा कार्यक्रम गर्न लागेको हो ।
जेसीआई नारायणगढका रविन्द्रकुमार श्रेष्ठका अनुसार संस्थाको स्वर्ण जयन्तीका अवसरमा यो कार्यक्रम गर्न लागिएको हो । उहाँले कार्यक्रमबाट प्राप्त मुनाफालाई कुरिनटारमा रहेको जेसिज भिलेजको कल्याणकारी कोषमा जम्मा गरिने जानकारी गराउनुभयो ।
पीभीई नेटवर्कको प्रस्तुतिमा पहिलो चरणमा झापाको बिर्तामोड, रुपन्देहीको तिलोत्तमा र काठमाडौंको सुकेधारामा व्याण्डको प्रस्तुति सफलतापूर्वक सम्पन्न भइसकेको छ । दोस्रो चरणअन्तर्गत चितवनको नारायणी किनारमा फेब्रुअरी १ मा हुने कार्यक्रममा कुमा सागर एण्ड द ख्वप, झिल्के एण्ड द कम्पनी र जिम्सेले दर्शकलाई गीत सुनाउनेछन् । यो कार्यक्रममा भण्डै आठ हजार दर्शकको उपस्थिति हुने आयोजकले अपेक्षा राखेकाछन् । चितवनमा कुमा सागर एण्ड द ख्वप, झिल्के एण्ड द कम्पनी र जिम्सेले पहिलो पटक आफ्ना प्रस्तुतिमार्फत गीत सुनाउन लागेका हुन् ।
पीभीई नेटवर्कका अनुसार ‘चिल म्युजिक फेस्टः लेट्स गेट लाउड नेपाल’ अन्तर्गत यसअघि पहिलो चरणमा झापाको बिर्तामोड, रूपन्देहीको तिलोत्तमा र काठमाडौंको सुकेधारामा व्याण्डले दर्शकलाई मनोरञ्जन दिइसकेका छन् ।
पीभीई नेटवर्कका विकेश कायस्थले चितवनको कार्यक्रमलाई विशेष बनाउन आफूहरू सक्रिय रहेको बताउनुभयो । उहाँका अनुसार विशाल श्रेष्ठ र मनोज घिमिरेले क्षेत्रीय तहमा चितवनको कार्यक्रम संयोजन गर्दै हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच