
काठमाडौं । रियालिटी शो ‘नेपहपको श्रीपेच’ सिजन-२ का विजेता योंग वेभले आफ्नो नयाँ गीत ‘बेबी’ सार्वजनिक गर्नुभएको छ ।
योंग वेभको यो गीतमा ‘जेन’ले प्रोडक्सन, मिक्स र मास्टरिङ गर्नुभएको छ भने भिडियोलाई ‘घिसिङ२१’ले निर्माण गर्नुभएको हो ।
गीतको शब्द र संगीतले युवा पुस्तालाई झनै बढी आकर्षित गरेको छ । यसअघि योंग वेभले नवाज अन्सारीसँगको सहकार्यमा ‘ताकिया’ बोलको गीत पनि सार्वजनिक गरिसक्नुभएको छ । आगामी दिनमा पनि उहाँ सबै उमेर समूहका श्रोतालाई मन पर्ने गीतहरू सार्वजनिक गर्ने योजनामा हुनुहुन्छ ।
नेपहपको श्रीपेचका संस्थापक तथा प्रोजेक्ट हेड सुदीप पोखरेलले योंग वेभको प्रगतिप्रति खुसी व्यक्त गर्दै भन्नुभयोे, ‘योंग वेभले कार्यक्रमभित्र मात्र नभई बाहिर पनि आफ्नो प्रतिभा देखाइरहेका छन् । उहाँको यो सफलताले नेपाली हिप-हप क्षेत्रलाई नयाँ उचाइमा पुर्याउनेछ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच