
✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८१ माघ ९ गते बुधबार, ई.स. २०२४ जनवरी २२, तिथि- माघ कृष्णपक्ष नवमी, स्वाती- नक्षत्र, शूल- योग, कौलव- करण, चन्द्रराशि- तुला, सूर्योदय- ६ः५७, सूर्यास्त- १७ः३५ ।
मेष : मेवा-मिष्टान्न आदि खाने वातावरण मिल्नेछ ।
वृष : धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ ।
मिथुन : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।
कर्कट : एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्न सक्छ ।
सिंह : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।
कन्या : घरायसी समस्याहरू देखा पर्न सक्छन् ।
तुला : खर्च बढे पनि घरायसी सुखसुविधाका सामग्रीको जोहो हुनेछ ।
वृश्चिक : भाइबहिनी वा सन्ततिका तर्फबाट दुखद् खबर प्राप्त हुनेछ ।
धनु : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।
मकर : मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ ।
कुम्भ : स्वास्थ्यमा समस्या आउन सक्छ ।
मीन : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच