
बागलुङ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार राजनीतिक स्थायित्व र नागरिकको पक्षमा काम गर्न बनेको बताउनुभएको छ ।
नेपाली कांग्रेस बागलुङले मंगलबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यसभन्दा अगाडि बनेका धेरै सरकार अस्थिर बन्दा नागरिकमा निराशा बढेको बताउनु भयो ।
सरकार गठन गर्दा भएको सात बुँदे सम्झौत अनुसारनै अगाडि बढेको भन्दै नागरिकको भरोसा जगाउने गरि काम गरि रहेको उहाँको भनाइ छ । राजनीतिक स्थिरता र आर्थिक विकासका लागि सरकार गम्भीर भएर लागेको मन्त्री सिंहले बताउनुभयो । सरकारले जनतालाई थप अधिकार सम्पन्न बनाउन संविधान संशोधन गर्ने उल्लेख गर्नु भयो ।
उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “यस अगाडि बनेका सरकारहरु धेरै समय टिकेनन्, छिनछिनमा परिवर्तन भए, जनताले पनि आवाज उठाउन थाले, एउटा स्थितरता दिनका लागि दुई दल मिलेर सरकार गठन ग¥यौँ, त्यसमा अन्य पार्टीहरुले पनि साथ दिएका छन्, हामी नागरिकका समस्यालाई प्राथमितामा राखेर काम गर्न थालेका छौँ ।”
मन्त्री सिंहले देशमा संकट पर्दा नेपाली कांग्रेसले निकास दिँदै आएको बताउनुभयो । पार्टीलाई बलियो बनाउन जनस्तरबाटै लाग्नु पर्नेमा उहाँले जोड छ । निर्वाचनमा गठबन्धन परिस्थित अनुसार हुने गरेको सिंहको भनाइ छ । पार्टीका हरेक कार्यकर्ताले संगठनलाई मजबुत बनाउनु पर्ने भन्दै नागरिकका समस्या समाधानमा समन्वयात्मक भूमिका खेल्नु पर्ने उप्रधानमन्त्री सिंहले बताउनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच