काठमाडाैं । प्रान्तीय विपद् न्युनिकरण एजेन्सीकाअनुसार मंगलवार इण्डोनेसियाको मध्य जाभा प्रान्तको पेकालोङ्गान क्षेत्रमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
सेन्ट्रल जाभा प्रकोप न्यूनीकरण एजेन्सीका प्रमुख बर्गास कातुर्सासी पेनाङगुङ्गनले पेटुङक्रियोनो गाउँमा भएको पहिरोमा नौ जनाभन्दा बढी अझै बेपत्ता रहेको बताउनु भयो ।
पहिरोले १० जनालाई गम्भीर घाइते बनाएको, दुई घरलाई आंशिक रूपमा क्षति पुर्याएको र धेरै सवारी साधनहरू बगाएको बताएका छन् । पेकालोङ्गानमा सोमवार भएको भारी वर्षाका कारण बाढी र पहिरो गएको हो । बेपत्ताहरुको खोजी अझै जारी छ ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच