रविको बयान न्यायाधीश प्रल्हाद कुमार योगीको ईजलासमा हुने

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 1 min

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हाद कुमार योगीको ईजलासमा हुने भएको छ ।

गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा रवि लामिछानेसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेपछि मुद्दाको प्रतिवादका लागि उहाँ अदालतमा उपस्थित हुनुभएको छ ।

ईजलास अधिकृतले मुद्दामा बयानका लागि मिसिल अध्ययन गरिररहेकोले लामिछानेको बयान केही समयमा सुरु हुने बताईएको छ ।

अदालतको वेभसाईटमा उल्लेख भए अनुसार नारायण बहादुर पहराई समेतको जाहेरी नेपाल सरकार वादी रहेको सहकारी ठगी र संगठित अपराध मुद्दामा रविना रिमालसमेत २२ जना प्रतिवादी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?