मकवानपुरबाट भरुवा बन्दुक र हतियारसहित एकजना पक्राउ

मन्जिता मैनाली मकवानपुर, संवाददाता
Read Time = 2 mins

हेटौंडा । मकवानपुर प्रहरीले अवैध भरुवा बन्दुक सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका-१ गडुवान बस्ने वर्ष ५२ को जीत बहादुर थिङ रहेका छन् ।

मंगलबार ५ बजेको समयमा प्राप्त विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर मनहरी गाउँपालिका-९ स्थित हरियाली सामुदायिक वनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

थिङले अवैध रुपमा भरुवा बन्दुक (हतियार) काँधमा बोकि हिडिरेहेका अवस्थामा फेला पारी उक्त भरुवा बन्दुक थान १, फलामको विभिन्न साईजको गोलाकार बेरिङ १३ थान, फलामको जस्तो देखिने विभिन्न साईजको लाम्चो आकारको वस्तु ३३ थान, बारुद जस्तो देखिने पाउडर ३०५ ग्राम, ढुंगाको जस्तो देखिने वस्तु २४ थान, खुकुरी १ थान बरामद गरेको जानकारी दिइएको छ ।

निज जीत बहादुर थिङलाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजना सम्बन्धी कसुर मुद्धामा थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?