‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता आगामी शनिबार

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा हुने राइट टु प्रोटिन दौड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

यही माघ १२ गते हुने उक्त दौड प्रतियोगितामा खुला महिला तथा पुरुष हाफ म्याराथन, १० किलोमिटर पुरुष, पाँच किमि महिला, कक्षा १२ सम्मका विद्यार्थीका लागि पाँच किमि (छात्र) र तीन किमी (छात्रा), फरक क्षमता भएका व्यक्तिहरुका लागि ह्विलचियर दौड (महिला तथा पुरुष) र बालबालिकाका लागि ‘रन फर फन’ विधा समावेश गरिएको आयोजक समितिका संयोजक डा शीतलकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबै विधामा करिब आठ हजार खेलाडीले दर्ता गरेका छन् । प्रतियोगितामा हाफ म्याराथनमा पहिलो स्थान हासिल गर्ने महिला तथा पुरुष खेलाडीले जनही रु एक लाख ५० हजार प्राप्त गर्नेछन् ।

त्यसैगरी दोस्रो स्थान हासिल गर्ने खेलाडीले रु एक लाख, तेस्रोले ७० हजार, चौथोले ५० हजार तथा पाँचौँ हुने खेलाडीले रु ३० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । १० किमी दौडमा पहिलो हुने खेलाडीले रु ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौँ हुने खेलाडीले रु १० हजार पाउनेछ ।

प्रतियोगिताअन्तर्गत पाँच किमी दौडमा पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचाैँ हुने खेलाडीले क्रमशः रु ३० हजार, २० हजार, १५ हजार, १० हजार र पाँच हजार पाउनेछन् । तीन किमि दौडमा पहिलो हुने खेलाडीले रु २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार, चौथोले पाँच हजार र पाँचाँै स्थान हासिल गर्ने खेलाडीले रु दुई हजार पाँच सय पाउनेछन् ।

ह्विलचियरतर्फ प्रथम स्थान हासिल गर्ने खेलाडीले ३० हजार पाउनेछ भने दोस्रो हुने खेलाडीले रु २० हजार पाउनेछ । त्यसैगरी तेस्रो हुने खेलाडीले रु १५ हजार, चौथोले १० हजार र पाँचौँ हुने खेलाडीले पाँच हजार पाउनेछ । उक्त प्रतियोगिताको गत वर्षको हाफ म्याराथनअन्तर्गत महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ दिपक अधिकारीले स्वर्ण पदक जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
गगन थापाकाे प्रश्न : आफ्ना पीडा सुनाउन किन आफ्नै शरीरमा आगो लगाउनुपर्ने… गणेश नेपालीको मृत्युले राज्य र समाजलाई गम्भीर आत्मचिन्तन गर्न बाध्य बनाएको छ… गणेश नेपालीको मृत्युपछि माइतीघरमा प्रदर्शन, वीर हस्पिटल जाँदै गर्दा भद्रकालीमा राेकियो लागुऔषधसहित २० जना पक्राउ सामुदायिक क्याम्पसलाई राष्ट्रिय उच्च शिक्षा प्रणालीको मूलधारमा राख्नुपर्नेमा जोड अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ बेरुजु अध्ययनका लागि लेखा समितिले बनायो पाँच उपसमिति अक्सिजन ग्यास सिलिन्डर विस्फोट हुँदा एक जनाकाे मृत्यु आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु मिटरब्याजविरुद्ध जनकपुर-काठमाडौं पैदल मार्च