
काठमाडौं । सशस्त्र प्रहरीमा रहेका १५ जना खेलाडीको विशेष बढुवा भएको छ । १२ खेलाडीहरू प्रहरी जवानबाट पदोन्नति भएर सहायक प्रहरी हवल्दार बनेका हुन् । २४औँ सशस्त्र प्रहरी दिवस २०८१ का अवसरमा सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालय (नेपाल एपिएफ क्लब) मा कार्यरत विभिन्न दर्जाका प्रहरीलाई बढुवा गरिएको हो । महिला फुटबल प्रशिक्षक भगवती थापा प्रहरी हवल्दारबाट वरिष्ठ हवल्दारमा बढुवा हुनुभएको छ ।
महिला फुटबल खेलाडीहरू अनिता केसी र गीता रानाको बढुवा भएको छ । उहाँहरू दुवै सहायक हवल्दार बन्नुभएको छ । महिला भलिबल खेलाडीत्रय हीरा केसी, कविता भट्ट र सरु लिम्बू पनि प्रहरी जवानबाट सहायक हवल्दारमा बढुवा हुनुभएको छ ।
एथलेटिक्सका दुई खेलाडी गोपिचन्द्र कार्की र फूलमती राना सहायक हवल्दारबाट वरिष्ठ हवल्दार हुनुभएको छ भने उसुका दुई खेलाडी अशोक खालिङ र कविता थापा सहायक हवल्दारमा बढुवा हुनुभएको छ । महिला हृयाण्डबलकी बन्दना राई, कराँतेका मोहम्मद शेखु आलम, फुलकन्ट्याक्ट कराँतेका सञ्जय राई, महिला कबड्डीकी रविना चौधरी पनि सहायक हवल्दार बन्नुभएको छ । यस्तै, क्रिकेटर सन्दीप जोरा प्रहरी जवानबाट बढुवा भएर सहायक हवल्दार बन्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच