
काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा आज(बिहीबार)बाट काठमाडौंमा सभापति कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने सभापति कप माघ १७ गतेसम्म चल्ने आयोजकले जनाएको छ । प्रतियोगितामा आयोजकका तर्फबाट वाग्मती प्रदेशसहित मच्छिन्द्र क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, एनआरटी, संकटा क्लब, फ्रेन्ड्स क्लब, ब्वाइज युनाइटेड र संकटा क्लब सहभागी छन् ।
सभापति कपको पूर्वसन्ध्यामा बुधबार रंगशालामा आयोजित प्रि-म्याच कन्फ्रेन्समा प्रतियोगितामा सहभागी टिमले आफूहरू उपाधि दाबेदारीका साथ मैदान उत्रने जनाएका हुन् । प्रतियोगिताको उद्घाटन खेलमा बिहीबार ब्वाइज युनाइटेड र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै माघ ११ गते मच्छिन्द्र र एपिएफ क्लब, माघ १२ गते नेपाल पुलिस क्लब र नेपाल लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेशबीच तथा माघ १३ गते एनआरटी र फ्रेन्ड्स क्लबबीच खेल हुने आयोजकले जनाएको छ । माघ १४ र १५ गते सेमिफाइनल तथा माघ १७ गते फाइनल खेल हुने छ ।
प्रतियोगितामा सहभागी हुने टोलीहरूले आफ्नो तयारी राम्रो भएको बताएका छन् । आयोजित प्री-म्याच कन्फरेन्समा बोल्दै व्यवस्थापक, टिम अफिसियल तथा कप्तानले तयारी राम्रो भएको बताए का हुन् । कार्यक्रममा सम्पूर्ण टोलीले आफ्नो तयारी र खेलाडीको अवस्थाबारे जानकारी गराएका हुन् ।
प्रतियोगिताको विजेताले २६ लाख तथा उपविजेता टोलीले १३ लाख पुरस्कार पाउने नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच