
काठमाडौं । चलचित्र वसन्तको ‘साँझ पर्यो झमक्कै’ गीत यतिवेला चर्चामा छ । एक हप्ताअघि रिलिज भएको यो गीत केही दिनयता ट्रेन्डिङमा छ । उक्त गीतमा प्रकाश सपुतसँगै अर्का एकजना पुरुष कलाकार बारम्बार देखा पर्नुहुन्छ । उहाँ हुनुहुन्छ प्रभात पाल ठकुरी । सहायक भूमिकामा रहनुभएका उहाँ सार्वजनिक गीतबाटै नोटिसमा पर्नुभएको छ ।
‘वसन्त’लाई लिएर उत्साहित प्रभात आफ्नो मेडिकल क्षेत्रको उचाइलाई पन्छाएर सिनेक्षेत्र रोज्नुभएको हो । ‘वसन्त’अघि उहाँको मुख्य भूमिका रहेको ‘सरी मम’ चलचित्र सार्वजनिक भएको थियो । ‘डिसेम्बर फल्स’ र ‘नमेटिने घाउ’मा पनि प्रभातले महत्वपूर्ण भूमिका निभाउनु भएको थियो ।
पछिल्लो समय म्युजिक भिडियोमा प्रभातको व्यस्तता लोभलाग्दो छ । केही समयअघि सार्वजनिक गीत ‘कन्या राशि’ले उहाँलाई अझ दर्शक माझ चिनाउन सफल रहृयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच