
हेटौंडा । मानवअधिकार रक्षक समूहको वर्तमान अवस्था तथा चुनौती विषयक छलफल तथा बैठक सम्पन्न भएको छ । मानव बेचबिखनविरुद्ध मानवअधिकार क्षेत्रमा कार्यरत संघसंस्थाका नेटवर्क सञ्जालको छलफल तथा बैठक भएको हो ।
न्यानो आँगन नेपालको आयोजनामा सोमबार कार्यक्रम सम्पन्न भएको हो । न्यानो आँगन अध्यक्ष मञ्जु फुयाँल सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेश प्रमुख पवन भट्टको प्रमुख आतिथ्यता थियो ।
छलफल तथा बैठकमा मानवअधिकार क्षेत्रमा भएका गतिविधिको समीक्षा, वर्तमान अवस्थाबारे सबैले आ-आफ्नो धारणा राख्नुभएको थियो ।
प्रमुख अतिथि भट्टले मानवअधिकार आयोग सधैं साथमा रहेको बताउँदै निरन्तरता दिन आग्रह गर्नुभयो । आमनागरिकको घाउमा मलहम लगाउन मानवअधिकारकर्मी सधैं अग्रसर रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा गैसस महासंघ अध्यक्ष रमिला सापकोटा, जिल्ला बार अध्यक्ष अप्सरा बस्नेत, सुमिरा लामा, कोशिस, राष्ट्रिय अपांग संघ नेपाल, डब्लुएचआर मकवानपुर अध्यक्ष शारदा चौलागाईं, हिमराइट्स मकवानपुरकी कुमारी वाइबा, न्यानो आँगन नेपालका मीरा फ“ुयाल, निर्मला अधिकारी, गोमा हटुवाल र नेपाल मानवअधिकार संगठन मकवानपुर अध्यक्ष शर्मिला श्रेष्ठलगायतको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच