
काठमाडौं । सेयर बजार ५२.३६ अंकले बढेर २६६५.४५ अंकमा पुगेको छ । बुधबार तीन सय २२ कम्पनीका ९० हजार छ सय ९६ पटक कारोबार भएका थिए भने एक करोड ७६ लाख ९२ हजार आठ सय १९ सेयर खरिद-बिक्री हुँदा नौ अर्ब २० करोड ३० लाख ८८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
यस दिन १३ वटै समूहको सेयर मूल्य बढेकोमा सबैभन्दा धेरै अन्य समूहको ४.२४ प्रतिशतले बढेको छ । बैंकिङ १.३२, विकास बैंक २.७४, वित्त ०.८९, होटल तथा पर्यटन २.७१, जलविद्युत् २.१२, लगाानी ३.८२, जीवन बिमा १.८९, उत्पादन ०.०८, माइक्रोफाइनान्स १.०७, म्युचुल फण्ड ०.४९, निर्जीवन १.०० र व्यापार २.४५ प्रतिशतले बढेको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावरको सेयरमा सकारात्मक सर्किट लागेको छ भने बाराही हाइड्रोपावरको सर्वाधिक ८.२१ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक ६१ करोड ३६ लाख ४८ हजार रुपैयाँको कारोबार भएको छ ।
नेपाल रिइन्स्योरेन्स कम्पनीको ४१ करोड २९ लाख ४४ हजार रुपैयाँको कारोबार भएको छ । त्यस्तै, हिमालयन रिइन्स्योरेन्सको ३१ करोड ९६ लाख ९५ हजार, सिइडिबी होल्डिंग्सको २९ करोड ४२ लाख र सप्तकोशी विकास बैंकको २५ करोड आठ लाख रुपैयाँको कारोबार भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच