
✍️ मनोजकुमार कर्ण
त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ (टुटा) को राष्ट्रिय अधिवेशन साल २०७५ मा तीन वर्षकोे अवधिका लागि भए पनि त्यसयता फेरि भएको छैन । २०८१ मंसिरपछि टुटामा तेस्रो कार्यकाल लागिसक्यो, जबकि टुटामा केहीले दोहरिने मनशायमा छन् अर्थात्, दोहरिने नाममा चौथो कार्यकाल माग्दैछन् । टुटाको अधिवेशन नहुँदा नेपाल प्राध्यापक संघ (नुटा) को महाधिवेशन विधानतः रोकिएको हो किनकि नेपालका सबै विश्वविद्यालयका अधिवेशनहरू सकेर बल्ल छाता संगठन नुटाको गरिने विधानमा उल्लेख छ ।
तर, विधानमा कुनै विश्वविद्यालयले समयमा अधिवेशन गराउन नसके, देशमा विषम परिस्थिति भएको खण्डमा वा, मानवताको आधारमा केही समय त्यसलाई आदर गर्न मनासिव ठानेर विगतमा छुट दिए पनि लगातार यसरी त्यो विश्वविद्यालयले अधिवेशन गराउन अटेर गर्दा त्यसलाई प्रक्रियामा छुट्टाएर भए पनि नुटाले आफ्नो महाधिवेशन गर्न सक्ने प्रावधान छ । उता प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल (प्रप्रासंघ/डेपान) को पनि तीन वर्षे कार्यकालका लागि २०७३ साल फाल्गुण २० र २१ गते महाधिवेशन भएकोमा आजपर्यन्त आठौं वर्षमा तेस्रो कार्यकाल बितिरहेको छ । प्रप्रासंघ भने वैचारिक संस्था हो ।
‘मेरिटोक्रेसी’ को चर्चा जसको प्रयोग त्रिविमा भिसी प्राडा.केशरजंग बरालले सावधिक पदहरू डिन, डायरेक्टर, डिपुटी कन्ट्रोलर, क्याम्पस चिफ आदिको नियुक्ति चयन प्रक्रियामा कोही डाक्टर भएर पनि अंक नपाएर डिनको रेसबाट बाहिरिनु प¥यो भने कोही डाक्टर भइनसक्दै अंक पाएर डिपुटी कन्ट्रोलर पड्काएर राजीनामा दिन बाध्य भए ।
एउटा अर्काे समूह हो जो खाली टुटा-नुटाको बजेटमाथि गिद्धे नजर राख्दै खाइपिइ बिल पेश गर्ने र अब रिटायर्ड नहुञ्जेल पढाइलेखाइ गराउनु नपर्ने गरी पुनः संस्था कब्जा गर्न लगातार बेलाबखत् आन्दोलनको खेतीपाती गर्न वातावरण मिलाइरहेको हुन्छ जसलाई प्राध्यापकको जायज माग पूरा गराउनुभन्दा पनि ‘नेता’ बनिरहन र संस्थाको कोष कब्जा गरिरहन मन लाग्छ । प्राध्यापक संघमा अनैतिक मान्छेहरू एक–दुईजना मात्र पनि प्रवेश गरिदिँदा उसले सबैतिर बिगार्ने कारण बनिदिन सक्छ । यसै आलोकमा यो लेख अब अगाडि बढ्ने उपायहरूबारे के–कस्ता विचार आइरहेका छन्, तीबारे छोटो चर्चा गर्नु हो ।
कसले अधिवेशनहरू रोकिराखेका हुन् त ?
यो सत्य हो भने डेपानको महाधिवेशन लामो समयदेखि रोकिएको हो । अध्यक्ष सहप्रा.जगतप्रसाद तिमल्सिना अब महाधिवेशन गराउन, गुटबन्दी त्यागेर समग्र डेपानलाई हेर्नलाई तथा प्राज्ञिकता जोगाउनलाई अदक्ष सावित भइसके । उनीमाथि त्रिभुवन विश्वविद्यालयको रजिष्टार बन्न नदिएको झोँकमा डेपान र यस सम्बन्धित सबै संस्थाहरूमा पराकम्प गएर जति क्षति पुगे पनि आफूलाई मतलब नहुने आरोप लाग्दै आएको थियो ।
यसो भए पनि विगतमा स्वयं नेपाल विद्यार्थी संघको प्रथम अध्यक्ष भएर अधिवेशन गराउन नसकेको, कांग्रेसभित्र गुटबन्दी थेगेर सभापति भएका तथा कांग्रेस सभापतिको पहिलो कार्यकालमा पनि समयमा कांग्रेसको महाधिवेशन नगराइकन, भ्रातृ संघहरूको चयन समयमा नगरिकन समग्र पार्टीलाई नै पंगु बनाएर कम्युनिष्टलाई यति माथिसम्म आउन दिएका भनिएका शेरबहादुर देउवाको विशेष आशिर्वाद रहेको बुझिन्छ । शायद अब तिमल्सिनाको ‘मेरिटोक्रेसी’ मै चयन विश्वविद्यालय अनुदान आयोग (युजिसी) को सदस्य–सचिवमा वा पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा हुँदा बल्ल डेपान संस्थाको घर ढुंगाले पुरेको हट्न गई खुल्नेछ ।
यो त्यही ‘मेरिटोक्रेसी’ को चर्चा हो जसको प्रयोग त्रिविमा भिसी प्राडा.केशरजंग बरालले सावधिक पदहरू डिन, डायरेक्टर, डिपुटी कन्ट्रोलर, क्याम्पस चिफ आदिको नियुक्ति चयन प्रक्रियामा कोही डाक्टर भएर पनि अंक नपाएर डिनको रेसबाट बाहिरिनु पर्यो भने कोही डाक्टर भइनसक्दै अंक पाएर डिपुटी कन्ट्रोलर पड्काएर राजीनामा दिन बाध्य भए । कहिं (पाटन क्याम्पस) उपप्राडाहरू मात्र तीनजना भिसीका समूह निकट क्याम्पस चिफमा सर्टलिस्टमा परे भने अन्य विचारका सहप्राडाहरू कोही पनि सर्टलिस्टमै परेननन् ।
उपप्राडा यस्ता पनि जसले प्लस-टुको उत्तरपुस्तिका जाँच गर्न नसक्ने ‘ब्ल्याकलिस्ट’मा परेर लखेटिएका मात्र नभई पाँच मिनेट दिइएको टपिकमा अंग्रेजीमा शुद्ध बोल्न नसक्नेले वर्क प्लान पेपर नै आफूले लेखेको भनी अवैधानिक विज्ञ कमिटी र सर्च कमिटीका गरी छजना विद्वानलाई छक्याउन सफल भई सर्ट लिष्टमा त्यही पाटनको क्याम्पस चिफमा परिदिए । नेपाल न हो, अब डेपान मुखिया तिमल्सिनालाई पनि कुनै पदका लागि वैधानिक रूपमै ‘मेरिटोरियस’ बनाई देला, युजिसी वा पोखरातिर ।
वामपन्थी विचारका प्राध्यापकहरूले डेपानको दुई समूहको वैचारिक मतभेदले टुटा र नुटाका अधिवेशनहरू भाँडिएका आरोप लगाउँछन् । कतिलाई हो लाग्छ होला तर सम्पूर्ण सत्य होइन । वास्तवमा २०८० को मंसिरमा कांग्रेस र माओवादीको सरकारमा माओवादी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति देउवालाई सरकारमा सहभागिता छ भने टुटा र नुटामा पनि माओवादी प्राध्यापकको भोट संख्या नरहे पनि पदाधिकारी डेपानबाट भोट विलय गराएर बनाइदिन दबाब दिए जसलाई यो स्तम्भकारसहित डेपानका असली सिपाहीहरूले असफल बनाउँदा टुटा अधिवेशन रोकियो ।
पुनः यही घटना २०८१ को गत असारमा डेपान मुखिया तिमल्सिना र कांग्रेस मुखिया देउवासँग अब एमालेका प्राध्यापक कहलिनेहरूले माओवादी प्रचण्ड जस्तो घटाउन चाहे तर त्यही नियति डेपानका असली सिपाहीहरूले दोहोर्याइदिए तर भाँडिएर होइन अपितुः आफ्ना विचार समूहका उम्मेदवारलाई नै भोट हाल्ने तथा वैध प्रतिनिधि चयनितले नै भोट हाल्ने सुनिश्चितताको निकाससहित डेपानका विद्रोही कहलिने समूहले निकास दिलाइदिए ।
२०८१ को दशैँअघि नै विवादित प्रतिनिधि चुनाव वा सर्वसम्मत ढंगले चयन गरी टुंग्याएर पठाउन त्रिवि केन्द्रीय क्याम्पस, त्रिचन्द्र क्याम्पस र सानोठिमी क्याम्पसलाई विवादबारे पहिल्यै निवेदन परेको भनी टुटा निर्वाचन समितिले पत्र पठायो । पत्र काटिएर पनि बाटोमा गायब पार्ने टुटाका कावा महासचिव अजय पौडेलले दोहरिने उत्कट् चाहृना पाल्नुभएकी टुटाकी कोषाध्यक्ष उत्तरा खनालको विचारसँग आफ्नो विचार बोल्दै आएकामा व्यवहारतः मुखरित पनि गरिदिए । सवाल छन् : टुटाले पत्र पठाएपछि यी तीन विवादित एकाइले किन नयाँ प्रतिनिधि पठाएनन् ? यहाँ कस्का मान्छेहरू हुन् ? पत्र दर्ता नगराएर बाटोमा हाइज्याक गरेर दोहरिने नाममा अब चौथो कार्यकालमा वैधानिक बन्न खोज्ने अनैतिकहरू को हुन् ? यिनीहरू प्राज्ञिक कार्य टुटामा नगरेकामा किन त्यहाँ जान खोज्छन् ? पढाउन नपरेर वा टुटाको कोष सक्नलाई वा अन्य कुन अदृश्य गतिविधि गर्नलाई ?
सवाल अरूमाथि छन् । जस्तै स्वयं टुटा सभापति प्राडा.वसन्त ढकालले नै झगडिया तीन क्याम्पसबाट विवादरहित अधिवेशन प्रतिनिधि नपठाउँदा पुनः सोधेर बाइकाट गरी अगाडि किन बढेनन् ? अगाडि नबढ्दा उनकै बोली अनुसार राजीनामा किन नगरी बसेका हुन् ? कसका लागि उनले अन्य प्रतिनिधि चयन भएर तीन वर्ष बिताइदिएर अब नयाँ प्रतिनिधि बनाएर पद दिलाउन खोजेका हुन् ? कि ढकाल स्वयं दोहरिने नाउँमा चौथो कार्यकाल खान खोजेका हुन् ? नुटाका अध्यक्ष प्राडा.रमेशकुमार जोशीमाथि शंकै शंका छ । किनकि त्रिचन्द्र क्याम्पसमा विवादरहित प्रतिनिधि चयन गरी पठाऊ भनेर पत्र जाँदा जोशीले आफ्नो क्याम्पसमा पत्रबाहक स्वयं निर्वाचन समिति संयोजक प्राडा.ध्रुव भट्टराईमाथि झम्टेको, पत्र दर्ता गर्न अवरोध पारेको आरोप त्यहीँका प्राध्यापकहरूको छ ।
नुटाका अध्यक्ष प्राडा.रमेशकुमार जोशीमाथि पनि शंकै शंका छ । किनकि त्रिचन्द्र क्याम्पसमा विवादरहित प्रतिनिधि चयन गरी पठाऊ भनेर पत्र जाँदा जोशीले आफ्नो क्याम्पसमा पत्रबाहक स्वयं निर्वाचन समिति संयोजक प्राडा.ध्रुव भट्टराईमाथि झम्टेको, पत्र दर्ता गर्न अवरोध पारेको आरोप त्यहीँका प्राध्यापकहरूको छ ।
के नुटाका चिफले दोहरिनलाई वा निकटका मान्छेलाई क्रेनले तानेर ठाउँमा पुर्याउनलाई यस्तो अभिभावकको ठाउँबाट कट्टु फाल्न मिल्छ ? देखिन्छ के भने डेपान निकटहरूको नाम चर्चामा तर वामपन्थीहरूले सिकार खेले झैँ पदाधिकारी पड्काउने दाउमा ढुकेर बसेका छन् । तसर्थ, टुटा–नुटा अधिवेशन भाँड्नेहरू डेपानका कथित् विद्रोही समूह कोही नभएर डेपानका संस्थापक नेपाल प्रगतिशील र नेपाल राष्ट्रिय प्राध्यापक संगठन निकट प्राध्यापन छाडेर खेलिरहेका ‘असली खेलाडी’ हरू छुपारुस्टम छन् ।
निकास :
टुटा, नुटा सशक्त नहुँदा त्रिविलगायत जहाँ पनि माओवादीहरूले ‘मेरिटोक्रेसी’को नाममा जथाभावी कर्मचारीदेखि पदाधिकारीसम्म कुनै दूरगामी सोच राखेर शायद त्रिवि नै बन्द गराउने उद्देश्यले आफ्ना मान्छे भट्टाभट जागिर र नियुक्तिमा छिराउँदैछन् । दह वर्षे सशस्त्र द्वन्द्वबाट खुला राजनीतिमा आएपछि नेताहरूले मात्र कमाए भन्ने आरोप लाग्दा त्रिविलाई माओवादीकरण गरेर ‘रोजगार’ दिइरहेको देखिन्छ । रास्वपा यही बाटोमा हो, ठेक्का करारमा कर्मचारी राख्ने उनै निवर्तमान शिक्षामन्त्री रास्वपाकी माननीय सांसद सुमना श्रेष्ठको हुन् । प्राज्ञिक गतिविधि प्रायः ठप्प छन् । युनिभर्सिटीको पदाधिकारीको स्वेच्छाचारीतामाथि लगाम लगाई काजमा व्यस्त पार्ने भनेकै टुटा–नुटा जस्ताको जायज मुद्दाले हो ।
यस्तो अवस्थामा कतिको आवाजमा नुटाले टुटालाई बाइकाट गरेर भए पनि नुटाको अधिवेशन गराउनुपर्छ । यसो गर्दा देशका करिब ७५ प्रतिशत प्राध्यापक २-४ जनाको कारणले गर्दा त्रिविमा अपमानित हुने अवस्था हुनजान्छ तसर्थ यो उपयुक्त धेरैले ठानेका छैनन् । दोस्रो उपायमा, कि नुटाले विधानतः टुटाको कमिटीलाई विघटन गर्नसक्छ । तेस्रो, स्वयं डेपान मुखिया तिमल्सिनाले अब कम्तीमा नैतिकवान हुनुपर्छ र आफ्ना निकट टुटा-नुटाकालाई प्राध्यापकको उच्च आचरण देखाउन गुटबन्दी र पदलोलुपता त्याग्नलाई निर्देश दिनुपर्छ । स्वयं, कांग्रेस सभापति देउवाले नै आफ्नो बेइज्जत तिमल्सिनाले गराइराखेको महसुस गरेर तेरो-मेरो गुटबन्दी छोड्नुप¥यो र डेपान, टुटा अनि नुटाहरूको अधिवेशन नसकुञ्जेल मसँग भेट्न नआऊ भनेर तिमल्सिनालाई भन्नुपर्यो ।
चौथो, टुटा-नुटाले डेपान वा अन्य वैचारिक संघसंगठनलाई आफूमाथि हाबी किन हुन दिने ? किन डराएका ? पदमा आउन रहर गर्ने तर कार्यकाल सकेपछि उत्तराधिकारी छानेर जान नसक्ने कसरी नैतिकवान र क्षमतावान प्राध्यापक भए ? पाँचौं, टुटा-नुटा-डेपान र अन्य वैचारिकवालाले त्रिविलगायत देशकै युनिभर्सिटीका सम्पत्तिहरू नेपाल सरकार, व्यक्ति आदिद्वारा कब्जा गरिँदा अनि देशबाट विद्यार्थी पलायन रोक्न नसक्दा, विश्वविद्यालयका पदाधिकारी स्वेच्छाचारी हुँदा लगाम लगाउन असफल रहेकामा कसैलाई पनि दोहरिन दिनु देशका लागि नै घातक सावित हुनेछ । छैटौं, मोलाहिजा, ड्राइभर, खलासी, नास्तापानी कसले खुवायोभन्दा पनि सक्षम, योग्य तथा युनिभर्सिटीको भविष्य र उच्च शिक्षाप्रति गम्भीरलाई अब टुटा र नुटामा मात्र पठाइनुपर्छ । (उपप्राध्यापक, पाटन संयुक्त क्याम्पस, पाटनढोका, ललितपुर)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच