
नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनको मरिसभिल सिटीको हिमालयन ग्रिलमा एनसी एनसीबाट आयोजित ३०३औं पृथ्वीजयन्ती तथा एकता दिवस एक समारोहबीच सभ्य र भव्य रूपमा सम्पन्न भयो । एकीकरणका नायक पृथ्वीनारायण शाहको देन र एकीकरणको आवश्यकता बारे प्रमुख वक्ता सुरेशकुमार भट्टले नरभुपाल हाहको जन्म, तनहुँ मावलीबाट गोरखा ल्याउनमा बरामहरूको चातुर्य र योगदानबाट खाली हुन लागेको गद्दी भराएको जोगाएको ब्रिटिश साम्राज्यबाट नेपालको अस्तित्व जोगाउन पृथ्वीले नेपाल एकीकरण अभियान थालेको बारे बताउनुभयो ।
पृथ्वीले समयको मागलाई बुझेर त्यतिखेर ब्रिटिश शक्तिलाई समेत चुनौती दिँदै हराएर सिन्धुली र मकवानपुरमा नछेकेको भए अहिले हामीले गर्वका साथ नेपाली भन्नै पाउने थिएनौं भन्नुभयो । डा.निलम कार्की निहारिकाले राजाको योगदानमा नेपथ्यमा रही राजमाताहरूले पु¥याएको योगदान र देनबारे बुँदागत रूपमा गहन प्रवचन दिनुभयो । इ.ईश्वरचन्द्र देवकोटाले गुरु गोरखनाथ बाबाको आशीर्वादबाटै पृथ्वीले नेपाल एकीकरण आरम्भ गरेर नेपालको स्वाधीनता जोगाएको बारे व्याख्या गर्नुभयो । इ.मधुकर्मी श्रेष्ठले पृथ्वीले नाथ सम्प्रदायको आशिर्वाद, सहयोग र शक्तिबाट नेपाल एकीकरण गर्नुभएको हो भन्नुभयो ।
साथै डा.नारायण देवले शिव र शक्तिको वरदान प्राप्त गरी पृथ्वीले नेपाल एकीकरण गरेका थिए भन्नुभयो । एकीकरणको आवश्यकता र स्वाधिनताको सवालमा र पृथ्वीको दिव्य उपदेश र सन्देशको महत्वबारे सहभागी विद्वानहरूबाट छलफलका क्रममा सवाल उठाउने सहभागीहरूमा डा.ऋषि बस्ताकोटी, वरिष्ठ उपाध्यक्ष ददिन पाण्डे, विष्णु पुरी, डा.अन्नपूर्णा देवलगायत रविन्द्र कार्की, कृष्ण पोखरेल, भीम तिमिल्सिना, कोषाध्यक्ष ईश्वर ढकाल, कृष्ण सेढाईं, नव सुवेदी, मेघ बस्नेत, रोमिला मानन्धर, डा.भाष्कर क्षत्री, अमल पाण्डे, ऋषिराम कट्टेल हुनुहुन्थ्यो । एनसी एनसीका अध्यक्ष विकास शाक्यले अध्यक्षता गर्दै विषय प्रवेश र सहभागिताका लागि धन्यवाद दिनुभयो भने वरिष्ठ उपाध्यक्ष ददिन पाण्डेले सभा सञ्चालन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच