
✍️ अरुणबहादुर खत्री ‘नदी’
नेपाली उपन्यासको फाँटमा नारद पोखरेल देखापरेका छन् । उनको उर्वरा नामको औपन्यासिक कृति २०८१ सालमा प्रकाशित भएको छ । उपन्यास लेखन समकालीन नेपाली साहित्यको लोकप्रिय विधा बनेको छ । धेरैले पढ्न रुचाउछन् उपन्यास । धेरैले पढ्न रुचाउने विधा भएकाले केही वर्षयता थुप्रै औपन्यासिक कृतिहरू प्रकाशित भएका छन् । साहित्यको बजार नै उपन्यासले तताएको छ भन्दा पनि अत्युक्ति नहोला । यसो भन्नुको आशय यो होइन कि अन्य विधाले हामीलाई तताएका छैनन् । लेखकहरू उपन्यास लेख्न रुचाएका छन् ।
यस उपन्यासमा प्रयोग भएको शैली नौलो र रोचक छ । भाषामा मीठासपत्र छरपष्ट छ । घिनाहाघाटमा तिम्सिना परिवारको राइस-मिल थियो । अलिअलि गर्दै राइस-मिलको संरचना जोडिएको थियो । काशीप्रसाद पहाडमै हुँदा सानोतिनो व्यापार चलाउँथे । धरानदेखि लुगाकपडा र मरमसला लगेर उनले बिक्री गर्थे भनेर यस उपन्यासमा लेखिएको छ ।
यो उपन्यासमा नेपाली समाजमा चल्ने उखान टुक्काकोे पनि राम्रो सदुपयोग गरिएका छन् । अर्चनालाई सबैले अर्चु भन्थे । सँगै पढ्ने साथी भएकीले जयन्त पनि अर्चु भनेर सम्बोधन गथ्र्यो । अर्चनाले हाइस्कुल सुनसरीको खनारमा पढी । जयन्त गोकुण्डेश्वर मावि धनकुटामा एसएलसी दिएर क्याम्पस पढ्ने विराटनगर आएको थियो यस उपन्यासमा नारदले लेखेका छन् ।
लेखकको मजबुत पक्ष भनेको एउटा विषयको घाटी अठ्याएपछि अन्त्यसम्म पनि घाटी नछोडी उपन्यासलाई टुंग्याउनु हो । यो विशेषता थोरैमात्र साहित्यकारमा पाइन्छ । प्रायः साहित्यकारहरूले कथावस्तुलाई घुमाएर वा सान्दर्भिकभन्दा भिन्न कुरा लेखेर पुस्तकको पृष्ठ बढाउनमा केन्द्रित भएका हुन्छन् । उपन्यासका शब्दहरू सरल, सहज र अत्यन्त व्यावहारिक भएकाले जुनसुकै हैसियतका पाठकले बुझ्न सक्ने र पचाउन सक्ने खालका छन् । उपन्यासमा प्रयोग भएको शैली नौलो र रोचक छ । भाषामा मीठास पत्र छरपष्ट छ ।
यो उपन्यासमा शिल्पा विराटनगर पढ्न थालेपछि आमाबुबा धेरैजसो विराटनगरमै बस्न थालेका थिए । इनरुवाको घरको रेखदेख गर्ने जिम्मा छिमेकीका छोराबुहारीलाई दिएर बूढाबूढी विराटनगर सरेका थिए । शिल्पाको परिवार राणाकालमै अर्थात् हजुरबुबाकै पालामा ओखलढुंगाको तलुवा ठूलाछाप गाउँबाट बसाइँ सरेर इनरुवा आएको थियो । शिल्पाका दाजु फत्तेजंग अञ्चलाधीश कार्यालयमा नायब सुब्बा (नासु) थिए । अञ्चलाधीश कार्यालयको नासु भनेको त्यतिबेला अत्यन्त शक्तिशाली जागिर मानिन्थ्यो भनेर लेखिएको छ ।
उहिले भारतको बम्बैमा एकजना फोटोग्राफरले आफ्नो फोटो स्टुडियोबाहिर एउटा बोर्ड राखेछ । आफूले सकारात्मक सोधीखोजी सम्बन्धी कुनै किताबमा पढेको प्रसंग सम्झिँदै जयन्तले भन्यो बोर्डमा यहाँ २० रुपैयाँमा तपाईं जस्तो हुनुहुन्छ त्यस्तै आउने फोटो खिचाइन्छ ३० रुपैयाँमा तपार्इं जस्तो सोच्नुहुन्छ त्यस्तै फोटो खिँचाइन्छ र ५० रुपैयाँमा तपाईं अरूको निमित्त जस्तो देखिन चाहनुहुन्छ त्यस्तै खिचाइन्छ लेखिएको थियो भनेर यस उपन्यासमा लेखिएको छ । यो उपन्यास कर्तव्य, परिवार, समाज र समयलाई केन्द्रविन्दुमा राखेर अघि बढेको देखिन्छ ।
कर्णेल चक्रजंग पाण्डेको मृत्युको विषयमा उषाकलाको रहस्यमय भनाइ सुन्दा शिल्पालाई छटपटी भयो । मनमा ससुराका बारेमा थाहा पाउने कौतुहल जाग्यो । के भनेकी होली उषाले ? यत्रो घरको मालिक आर्मीको त्यति ठूलो अफिसरको मृत्युको कारण घरपरिवार कसरी हुनसक्छ ? आश्कर्यचकित हुँदै शिल्पाले यस उपन्यासमा सोधेकी छिन् । काशीप्रसादको पौरखले तिम्सिना परिवारमा छाएको हरियाली लामो समय टिक्न नसकेको कुरालाई यस उपन्यासमा उल्लेख गरिएको छ । अचानक चलेको हुरीले हुर्कन बाँकी पालुवा पनि सोतर भयो । आसलाग्दा हरिया पातहरू हेर्दाहेर्दै उजाड बनेका छन् ।
समग्रमा यो उपन्यास राम्रै छ । सबैभन्दा लेखकको मजबुत पक्ष भनेको एउटा विषयको घाटी अठ्याएपछि अन्त्यसम्म पनि घाटी नछोडी उपन्यासलाई टुंग्याउनु हो । यो विशेषता थोरैमात्र साहित्यकारमा पाइन्छ । प्रायः साहित्यकारहरूले कथा वस्तुलाई घुमाएर वा सान्दर्भिक भन्दा भिन्न कुरा लेखेर पुस्तकको पृष्ठ बढाउनमा केन्द्रित भएका हुन्छन् । उपन्यासका शब्दहरू सरल, सहज र अत्यन्त व्यावहारिक भएकाले जुनसुकै हैसियतका पाठकले पनि बुझ्न सक्ने र पचाउन सक्ने खालका छन् । उपन्यासका सकारात्मक पात्र जो उपन्यासमा समेटिएका छन् ती सुरुदेखि अन्तसम्म कौतुहलता जन्माउन सफलमात्र नभएर एउटा पात्रले अर्को पात्र सामु सानो भएकाले मर्यादाका सुकुमार शब्दहरू पस्केर आदरपूर्वक सम्मान दर्शाउनु अर्को सफल पक्ष मान्न सकिन्छ । भाषा सरल र स्पष्टता रोचक शैलीले यो उपन्यास निकै राम्रो मान्नैपर्छ ।
रतनलाल घरानिया व्यापारी परिवारका त छँदै थिए । त्यसमाथि उनी सहयोगी भाव राख्ने समाजसेवी पनि थिए । काशीप्रसादकै पालादेखिको व्यापारिक साझेदारी थियो रतनलालका बाबु जितनलालका अग्रवालको । राइस-मिलमा साझेदारी नभए पनि जितनलाले मन, बचन र कामले खटेर सहयोग गरेका थिए काशीप्रसादलाई भनेर यस उपन्यासमा लेखिएको छ । अर्चनाको पछिल्लो कुराले शिल्पाको मन खिन्न भएको छ । अर्चनाजस्ती आत्मीय साथीबाट यस प्रकारको व्यंग्य-वाण आउँला भन्ने अपेक्षा गरेकी थिइन् उसले । शुष्क मन बनाएर झ्यालबाट हेर्न लागी । पुरानो बानेश्वर चोकमा बाटो काट्न जम्मा भएको भिडबाट पैदल यात्रिका लागि राखिएको ट्राफिक लाइटमा बलिरहेको रातो संकेततिर ध्यान नदिई एकजना महिला जेब्रा क्रममा फुत्त अगाडि आई । त्यो देखेर ट्राफिक प्रहरीले सुइइइयँ सिठी फुक्दै ती महिलालाई पछाडि जान संकेत गरेका छन् ।
धेरैले नगदबाटै कारोबार गरे पनि केही ठूला व्यापारी भनिनेले सकेसम्म उधारो खोज्थे । त्यसैले वीरगञ्जदेखि नेपालगञ्ज र पोखरासम्मको पैसा उठाउने काम धनीरामले नै गर्न थालेको थियो । पथलैयापूर्व र काठमाडौं उपत्यकाको कारोबार भने जयन्त स्वयंले हेर्ने गथ्र्यो भनेर यस उपन्यासभित्र लेखिएको छ ।
यस उपन्यासको अन्त्यमा मेरो मुक्तकको शीर्षक हो विज्ञप्ति भन्दै जयन्तले सुनायो जूनजस्तो मुहार तिम्रो सधैंभरि देख्न मन लाग्छ । सम्झनाको फूलबारीमा रहरले टेक्न मन लाग्छ भनिएको छ । आधुनिक नेपाली उपन्यासको आरम्भ नै रुद्रराज पाण्डेको रूपमती उपन्यासबाट भएको हो । रूपमतीले अघि सारेको आदर्शउन्मुख यथार्थवादी औपन्यासिक चिन्तन-धारालाई रक्षाले प्रष्टसँग पछ्याएको अनुभूत हुन्छ । अन्त्यमा उपन्यासकार नारद पोखरेलले लेखेको यो उर्वरा नामक उपन्यास सबैले पढिदिनु होला भन्ने अपेक्षा राख्दछु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच