
कालीकोट । प्रेस चौतारी नेपाल कालीकोटको सातौं जिल्ला अधिवेशन यहीँ माघ १६ गते सदरमुकाम मान्ममा हुने भएको छ ।
जिल्ला अध्यक्ष विश्वनाथ सिम्खाडाको सभाध्यक्षतामा बुधवार मान्ममा बसेको जिल्लाको बैठकले अधिवेशन माघ १६ गते मान्ममा हुने निर्णय गरेको हो ।
प्रैस चौतारी नेपालका कर्णाली प्रदेश सहइन्चार्ज कालीबहादुर मल्लको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य खडानन्द अधिकारी, प्रदेश सचिव दिलीपकुमार शाही, जिल्ला उपाध्यक्ष रमेश सुनार लगायतका पधाधिकारी र सदस्यको उपस्थितीमा बसेको बैठकले माघ १६ गते अधिवेशनको मिती तय गरेको हो । साथै बैठकले सातौ जिल्ला अधिवेशन सफल्ता पुर्वक सम्पन्न गर्न विभिन्न उपसमिती बनाएको छ ।
प्रचारप्रसार उपसमितीको संयोजकमा संगठनका जिल्ला सचिव डिल्लीप्रसाद चौलगाईको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको छ । सदस्यमा ललित बिष्ट, मानबहादुर विश्वकर्मा, तारा सार्की, र बहादुरे बिक रहेका छन् ।
यस्तै, उपाध्यक्ष रमेश सुनारको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक समिती बनाएको छ । जसमा कटबबहादुर बम, किरण अधिकारी, प्रदिप धिताल, गगनबहादुर बोगटी रहेका छन् । यसैगरी विश्वनाथ सिम्खाडाको संयोजकत्वमा अतिथी सत्कार उपसमिती बनेको छ । जसमा पवित्रा जैसी, पुष्पा गिरी, कोपिला शाही तारा सार्की, र निस्ता कार्की रहेका छन ।
बैठकले प्रदेश सचिव दिलीपकुमार शाहीको संयोजकत्वमा निर्वाचन मण्डलमा बनाएको छ । सदस्यमा अधिवक्ता राजु बोगटी र खडाननन्द चौलगाई रहेका छन । पंखबहादुर मल्लको संयोजकत्वमा कार्यक्रम स्थल तयारी समिती बनाएको छ । सदस्यहरुमा बिनोद खड्का, भगवती शाही र लिलाराज संज्याल रहेका छन ।
प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीको बैठकले माघ २५ सम्म जिल्ला अधिवेशन, फाल्गुण ७ गतेसम्म प्रदेश अधिवेशन र फल्गुण २५, २६ र २७ गते बिरानटरमा केन्द्रको महाधिवेशन गरिसक्नु पर्ने निर्णय अनुसार देशभर अधिवेशन सुरु गरिएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच