
रुपन्देही । रुपन्देहीका ५८ हजार ८ सय ९८ जना किशोरीहरुलाई पाठेघरको क्यान्सर विरुद्धको (एचपीभी) खोप लगाईने भएको छ ।
देश व्यापी अभियान अन्तरगत रुपन्देही जिल्लामा यहि माघ २२ गते देखि फागुनको ६ गते सम्म खोप लगाईने जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणी ज्ञवालीले बताउनुभयो ।
उहाँका अनुसार जिल्लामा दुई चरणमा खोप अभियान चलाईने छ । जस अनुसार पहिलो चरणमा माघ महिनाको २२ गते देखि २९ गते सम्म जिल्लाको बुटवल उपमहानरपालिका र सिद्धार्थ नगर नगरपालिकामा र माघ २२ देखि २७ सम्म सैनामैना, कञ्चन, गैडहवा, शुद्धोधन, सियारी र मायादेवी गाउँपालिकामा रहेका विद्यालयमा खोप केन्द्र निर्माण गरी खोप अभियान चलाइने छ ।
यस्तै जिल्लामा दोस्रो चरणमा फागुन १ देखि ६ गते सम्म देवदह नरपालिका, तिलोत्तमा नरपालिका सहित ओमसतिया, रोहीणी, लुम्बिनीसास्कृतिक, सम्मरीमाई, मर्चवारी गाउँपालिकामा खोप अभियान चलाईने छ ।
पाठेघरको क्यान्सर विद्धरुको यो खोप विद्यालयमा अध्यानरत कक्षा ६ देखि १० सम्मका सबै छात्राहरु र विद्यालय बाहिरका १० बर्ष उमेर देखि १४ बर्ष उमेर सम्मका सबै छात्राहरुलाई खोप लगाईने छ ।
अभियानका लागि जिल्लामा कुल ६ सय ८५ खोप केन्द्र सञ्चालन गरिने स्वाथ्य कार्यालय रुपन्देहीका ल्यावटेक्नीसियन अधिकृत खिमलाल पान्डेले बताउनुभयो ।
पत्रकार सम्मेलनमा डब्लु एचओका चिकित्सक डा सागर तिवारीले भन्नुभयो, ‘पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक तत्व यही एचपिभी हो । यो भाईरसको २सय भन्दा बढी किसिमका प्रजातिहरू हुन्छन् । तीमध्ये १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने कारक तत्व मानिन्छ भने यसमध्ये पनि प्रजाति १६ र प्रजाति १८ प्रमुख कारण हुन भन्ने कुरा बिभिन्न अध्ययनहरूले देखाएको छ । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर यी २ प्रजातिबाट भएको पाईन्छ ।’
उहाँका अनुसार पाठेघरको मुखको क्यान्सर मुख्यगरेर एचपिभी भाईरसको संक्रमणबाट हुन्छ । यो रोगबाट नेपालमा प्रत्येक दिन ४ जना महिलाको मृत्यु हुन्छ भने बिभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर महिलाको मृत्युको पहिलो कारण बनेको समेत तिवारीले बताउनुभयो ।
त्यस्तै कार्यक्रममा जिल्ला समन्य प्रमुख उमकान्त चपाईले खोपको वारेमा सबैलाई सहज जानकारी पुराउन संञ्चारकर्मीलाई आग्रह गर्नुभयो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच