
हुम्ला । २४ औं सशस्त्र प्रहरी स्थापना दिवसको अवसरमा उत्कृष्ट कार्य गर्ने कार्यालय र प्रहरी अधिकारीहरुलाई पुरस्कृत गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गुल्म हेटक्वाटर हुम्लाले आफ्नो दिवसको अवसरमा जिल्लामा उत्कृष्ट काम गर्ने प्रहरी अधिकारी र सशस्त्र प्रहरी बललाई सहयोग पुर्याउनेलाई सम्मान तथा पुरस्कृत गरेको हो ।
डिविजन वन कार्यालय हुम्लाका निमित्त डिभिजन वन अधिकृत तथा योजना शाखाका प्रमुख लोकजङ शाही र सिमकोट गाउँपालिका–५ का वडाध्यक्ष चीन रावतलाई सम्मान गरिएको छ । सशस्त्र प्रहरी बल हुम्लाका प्रमुख देवराज राईले शाही र रावतलाई सम्मान पत्रसहित दोसल्ला ओडाएर सम्मान गर्नुभएको हो ।
वडाध्यक्ष रावतले सशस्त्र प्रहरी बल हुम्लालाई बस्नका लागि आवश्यकता अनुसारको भवन निर्माणका लागि जग्गा सहयोगमा योगदान पुर्याउनु भएको थियो । त्यस्तै योजना प्रमुख शाहीले सशस्त्र प्रहरी बलको भवन निर्माण गर्नका लागि काठ, ढुंगा, गिटी, बालुवा लगायत हरेक समयका साथै काममा सहयोग पुर्याएको भन्दै सम्मान गरिएको बताइएको छ ।
त्यसैगरी जिल्लामा कार्यरत सशस्त्र प्रहरी सहायक हवाल्दार दुई जनालाई पुरस्कृतका साथै प्रसंसा पत्र प्रदान गरिएको छ । वर्षभरी सशस्त्र प्रहरी सहायक हवल्दार अन्जान पल्ली मगर र सशस्त्र प्रहरी सहायक हवाल्दार गिरीराज घर्तिले उत्कृष्ट कार्य गर्नुका साथै अनुशासित भएर अरुभन्दा फरक काम गरेका कारण पुरस्कृत गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
२४ औँ सशस्त्र प्रहरी स्थापना दिवसको केक काटेर प्रमुख जिल्ला अधिकारी नारायाण पाण्डेय र सशस्त्र प्रहरी नायव उपरिक्षक देवराज राईले संयुक्त उद्घाटन गर्नुभएको हो । सशस्त्र प्रहरी स्थापना दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी पाण्डेयले आफ्नो काम, कर्तव्यबाट विचलित र विमुख हुने छुट कसैलाई नभएको बताउनुभयो । संगठनमा नीति छ, विधि, पद्धती, यसलाई सबैले मनन गरी प्रणाली र पद्धतीलाई आत्मसाथ गरी हामी सबैले कर्तव्यपथमा लाग्नुपर्छ भन्ने भावना लिएर अगाडी बढ्न निर्देशन दिनुभयो ।
दिवसको अवसरमा सशस्त्र प्रहरी नायव उपरिक्षक राईले सशस्त्र प्रहरी स्मारकमा पुष्प चढाउनुका साथै संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठ लगायत अमर सशस्त्र प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुहुँदै कर्तव्य पालनाको सिलसिलमा घाईते तथा अङ्गभङ्ग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको स्वास्थ्य लाभको कामना गर्नुभयो ।
सशस्त्र प्रहरी नायव उपरिक्षक राईले, सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमलाई निरन्तरता दिई थप रचनात्मक र भावनात्मक सहयोगका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको र हुम्लाका उत्तरी चीनसँग जोडिएका सीमामा स्थानीय सर्वसाधारणहरुलाई जिम्मेवार र जवाफदेही बनाउँदै सशस्त्र प्रहरीसँगको सम्बन्धलाई थप प्रभावकारी बनाएको बताउनुभयो ।
२४ औँ स्थापना दिवसको अवसरमा सिमकोट तल्लो बजारमा सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेय, प्रहरी निरीक्षक सुरेश सुवेदी, नेपाली सेनाका गुल्मपती, ससस्त्र प्रहरी बल प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग हुम्लाका प्रमुख, बिभिन्न राजनिति दलका प्रमुख, उद्योग बाणिज्य संघ हुम्लाका अध्यक्ष, जनप्रतिनिधि, नागरिक समाजका अगुवाहरु, लगायतको उपस्थिती रहेको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच