हुम्ला । हुम्लाको मुटु मानिएको सदरमुकाम सिमकोट बजार क्षेत्र सफा राख्नका सरसफाइ अभियानमा जिल्लास्थित सुरक्षाकर्मीको भर पर्नु पर्ने अवस्था रहेको छ । बजारवासीले सरसफाइमा कुनै चासो नदिएर फोहोर बनाउँदै जादा सिमकोटको सरसफाइमा सधैं सुरक्षाकर्मीको मुख ताक्नु पर्ने अवस्था रहेको छ । सिमकोट बजारमा फोहर थुप्रिएर बढ्दै गएपछि सधैँ सुरक्षाकर्मीले सरसफाइ गर्दै आउनु परेको छ ।
विहिबार विहान सदरमुकाम सिमकोट बजार क्षेत्रका ढलसहित विमानस्थल परिसर प्रमुख जिल्ला अधिकारी नारायाण पाण्डेयको नेतृत्वमा सरसफाइ गरिएको छ । पछिल्लो केही सयम यतादेखि सिमकोट बजार क्षेत्रका ढल दुर्गन्धित हुनुका साथै विमानस्थल परिसरमा समेत फोहोर भएका कारण सरसफाइ गरिएको हो ।
जताततै फोहोर बढेर दुुर्गन्धित हुन थालेपछि सरसफाइ गर्ने कार्य भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो । कुचो र बेल्छा समातेर आफैँ सरसफाइमा खट्नुभएका प्रमुख जिल्ला अधिकारी पाण्डेयले बजारलाई स्वच्छ र सफा राख्न उक्त अभियानमा बताउनुभयो । सरसफाइका साथै बजार क्षेत्रका एकताचोक, गाउँपालिका कार्यालय अगाडी, कालिन्चोक, लोकतान्त्रीक चोक, एर्पोट चोकका नागरीकलाई ढलमा जथावाभी फोहोर नफाल्न सुझावका साथै सधैं सफा राख्न सुझाव दिनुभयो ।
बजार क्षेत्रका चोकका ढल फोहोर बनाउनेलाई सिसि क्यामेराको निगरानीमा कारबाही समेत गरिएको बताउनुभयो । स्वच्छ र सफा सिमकोट बनाउन घरधनी र भाडामा बस्नेलाई सरसफाइ अभियानमा स्वतस्फुर्त लाग्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो । बजार क्षेत्रभरि जताततै फोहोर बढेपछि त्यसबाट सफा राख्न हप्ताको तीन दिन सरसफाइ अभियान सञ्चालन गरिने भएको छ ।
सिमकोटका घरधनी र बजारमा व्यवसाय गर्दै आएका पसल व्यवसायी अन्य घाडामा बस्दै आएका नागरीकले सरसफाइमा चासो नदिनु र बजार क्षेत्र फोहोरले कुरुप बन्दै गएपछि विहिबार विहान नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न राजनितिक दल, सिमकोट गाउँपालिका, उद्योग बाणिज्य संघ, नागरीक समाजसहित सञ्चारकर्मी कुचो, झाडु, बेल्छा, हातमा लिएर जुटेका हुन् ।
मुुख्य-मुख्य चोकमा फोहोरको थुुप्रो लाग्दै आएको थियो । त्यसैगरी, ढलमा पनि फोहोर भरिएर पानी समेत सडकमा आउन थालेपछि मानिसलाई आवतजावतमा समस्या हुने गरेको बेला सरसफाइ गरिएको हो । सरसफाइ गरेर जम्मा पारिएको फोहोरलाई बोरामा राखी ट्र्याक्टरबाट डम्पिङ साइट लग्ने कार्य सिमकोट गाउँपालिकाले गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच