जुम्लामा प्रसूति आवास गृह स्थापना

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्लामा प्रसूति आवास गृह संचालनमा आएपछि सुत्केरी महिलालाई राहत भएको छ । नेपाल सरकारले संस्थागत रुपमा सुरक्षित सुत्केरी दरवृद्धि गर्ने उद्देश्यअनुरुप जिल्लामा आमा कुरुवा घर (आवास गृह) संचालनमा ल्याएको जनस्वास्थ्य सेवा कार्यालय जुम्ला प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७९।८० सालदेखि जिल्लामा कार्यालयले आमा कुरुवा घर संचालनमा ल्याएको छ । कार्यालय प्रमुख सापकोटाले भन्नुभयो,“हिमाली तथा पहाडी जिल्लामा गर्भवती तथा सुत्केरी महिलाका लागि आवास गृह संचालन गरिएको हो । हिमाली जिल्लामा घरदेखि स्वास्थ्य संस्थासम्मको दुरी टाढा हुने भएकाले गर्भवती तथा सुत्केरी महिलाका लागि आवास गृहको व्यवस्था गरिएको हो ।” गर्भवती तथा सुत्केरी महिलालाई ४५ दिनसम्म खाना, खाजा र बासको व्यवस्था समेत कार्यालयले गरेको छ । डिभिजन वन कार्यालय नजिकै गर्भवती र सुत्केरी महिलाका लागि बस्ने घरको व्यवस्था गरिएको कार्यालय प्रमुख सापकोटाको भनाइ छ ।

गर्भवती र एक जना कुरुवाको लागि प्रतिदिन प्रति व्यक्ति ३५० देखि ४ सय रुपैयाँको दरले खाना खाजा उपलब्ध गराउँदै आएका छौं । सुत्केरी महिलाको लागि प्रतिदिन प्रतिव्यक्ति ४५० देखि पाँच सय रुपैयाँका दरले खाना खाजा उपलब्ध गराउने गरिएको छ । जुम्लामा गत आर्थिक वर्षमा कनकासुन्दरीका ३ जना, तिलाका १ जना, पातारासीका १ जना, सिंजाका २ जना गर्भवती तथा सुत्केरी महिला र कुरुवाले सेवा लिएकाछन् । यस्तै, जिल्ला बाहिरका मुगुका ४ जना र अन्य १ गरी गत वर्ष १२ जनाले उक्त सेवा लिएको कार्यालय प्रमुख सापकोटाले बताउनुभयो ।

औसतमा १८ दिन, न्यूनतम १ दिन र बढीमा ४० दिनसम्म गर्भवती तथा सुत्केरी महिला आवासमा बसेका छन् । यस्तै, चालु आर्थिक वर्षको माघ पहिलो सातासम्म ९ जना गर्भवती तथा सुत्केरी महिलाले सेवा लिएकाछन् । जसमा यहाँका सिंजा गाउँपालिका १ जना,हिमाका १ र कनकासुन्दरी १ जना रहेकाछन् ।

जिल्ला बाहिरअन्तर्गत कालिकोट १ जना, जाजरकोटका १, मुगुका ३ जना र डोल्पा जिल्लाका १ जना गर्भवती तथा सुत्केरी महिलाले सेवा लिएका छन् । दुई जना अहिले पनि आमा कुरुवा घरमा बस्दै आएका छन् । सरकारले जुम्लासहित २० वटा जिल्लामा आवास गृह संचालन गरेको छ । गर्भवती तथा सुत्केरी महिलाका लागि संचालन भएको आवास गृहले सहज बनाएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?