
काठमाडौं । राष्ट्रिय गौरवको परियोजनाको रूपमा रहेको मेलम्ची खानेपानी वितरण व्यवस्थित नहुँदा उपत्यकाको ठमेल, महाबौद्ध लगायतका क्षेत्रमा दिनहुँ रूपमा पानी खेर गई रहेको छ ।
खानेपानी वितरणका लागि जडान गरिएको पाइप घर-घरमा जडान नहुँदा पानी खेर गएको हो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडले समयमा मीटर जडान नगर्दा, हजारौं लिटर पानी खेर गइरहेको स्थानीय बताउँछन् ।
महाबौद्ध क्षेत्रमा यसरी पानी खेर जाँदा सो क्षेत्रमा पसल सञ्चालन गर्ने व्यापारीहरूले सास्ती भोग्नु परेको छ । पसल अगाडि पानी जम्मा हुने र सफा गरी रहनु पर्ने भएका कारण व्यापारीहरुले सास्ती भोग्नु परेको हो ।
मेलम्ची खानेपानी परियोजनाले काठमाडौँ उपत्यकामा दैनिक १७ करोड लिटर पानी आपूर्ति गर्दै आएकोमा कुनै क्षेत्रमा खानेपानी खेर गएको छ भने कतै पानीको अभाव उस्तै छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच