
राजविराज । सप्तरीमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेका छन् ।
प्रहरीका अनुसार बुधबार घरबाट साइकल चढेर क्याम्पस जाँदै गरेकी १५ वर्षीया किशोरीलाई विष्णुपुर गाउापालिका ७ स्थित कोशी पश्चिमी नहरको दक्षिणी डिल छेउमा लगेर बलात्कार गरेको आरोपमा विष्णुपुर गाउँपालिका– १ का १९ वर्षीय अकलेश कुमार मण्डललाई पक्राउ गरिएको हो ।
बिहान करिव पौने ६ बजे क्याम्पस जाँदै गर्दा ती किशोरीलाई मण्डलले बलात्कार गरेको र प्रतिकारमा किशोरी बाँया हात भाँचिएको छ । पीडित किशोरीको शरीरका विभिन्न भागमा नीलडाम समेत रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कक्षा ११ मा पढ्ने पीडितकै जाहेरीका आधारमा आरोपी अकलेश कुमारलाई बुधबार साँझ पक्राउ गरिएको डीएसपी बस्नेतले जानकारी दिनुभयाे ।
मण्डललाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानका लागि अनुमति लिइएको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच