
भोजपुर । भोजपुरको ओडारे सामुदायिक वन उपभोक्ता समितिले आयातित पेय पदार्थहरुको प्रयोग नगर्ने निर्णय गरेको छ ।
समितिले आमसभाको आयोजना गरेर आयातित पेय पदार्थहरुको प्रयोग नगर्ने निर्णय गरेको हो । अबदेखि समितिमा रहेका ४५ घरधुरी उपभोक्ताले आयातित पेय पदार्थ प्रयोग नगर्ने निर्णय गरेका हुन् ।
स्थानीय स्तरका उत्पादनलाई प्रोत्साहन गर्ने र पर्यावरणीय दृष्टिले आयातित पदार्थहरुको प्रयोगबाट उत्पन्न हुने नकारात्मक प्रभावलाई कम गर्ने उद्धेश्यका साथ ओडारे सामुदायिक वन उपभोक्ता समितिले यस्तो निर्णय गरेको उपभोक्ता समितिले जनाएको छ ।
उपभोक्ताहरुको यो निर्णयको पालनाले सामुदायिक वनका सदस्यहरूको सामाजिक र सांस्कृतिक मूल्यलाई सुदृढ गर्दै, स्वदेशी उत्पादनको प्रयोगमा समेत बढावा दिने अपेक्षा गरेका छाैँ, समितिका लेखा समिति संयोजक गेल्जेन शेर्पाले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच