
जुम्ला । जुम्लामा नौ जिल्लाका कृषि प्राविधिकलाई स्याउ बगैँचा व्यवस्थापन तथा काँटछाँट तालिम प्रदान गरिएको छ।
हिमाली जिल्ला जुम्लामा स्याउ बगैंचा व्यवस्थापन विषयक अधिकृतरसहायक स्तरीय तीन दिने तालिम सञ्चालन गरिएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन इकाइ खुमलटार, परियोजना समन्वय एकाइ, सुर्खेत र परियोजना कार्यान्वयन योजना जुम्लाको संयुक्त आयोजनामा तीन दिने तालिम सञ्चालन गरिएको हो।
आठ जिल्ला ( जुम्ला, कालिकोट,डोल्पा, मुगु, दार्चुला र बाजुरा,अछाम, हुम्ला) का ३१ जना सहभागीलाई तालिम दिइएको स्याउ सुपरजोन जुम्लाका प्रमुख खेमराज शाहीले जानकारी दिनुभयो । तालिममा सहभागी मध्यका एक परियोजना कार्यान्वयन एकाइ डोल्पाका निमित्त वरिष्ठ कृषि अधिकृत गोबिन्द बहादुर मल्लले धेरै प्रयोगात्मक सीप र नयाँ प्रविधि का ज्ञान ग्रहण गरेको बताउनुभयो ।
उच्च घनत्वको स्याउ बिरुवा को काँटछाट, रेखदेखका कुरा आम किसान सँग पुर्याउन सो तालिमले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको जानकारी दिनुभयो ।स्याउमा सवालमा कृषि सम्बद्व जनशक्ति नै जानकार नभएपछि किसानले लाभ लिन नसक्ने भएकोले यस पटकको तालिमले यो अभावलाई चिर्ने उनले विश्वास व्यक्त गरे ।
प्रशिक्षक तथा बालि संरक्षण विज्ञ वेदप्रसाद चौंलागाईले फुजी र गाला स्याउ खेती नयाँ र समस्याग्रस्त भएकोले यस पटकको तालिममा सहभागीले सिकेको कुरा व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिएका छन्।
फलफूलमा लामो अध्ययन, अनुसन्धान चाहिने परियोजना कार्यान्वयन एकाइ खुमलटार, ललितपुरका वरिष्ठ कृषि अधिकृत दिनेश प्रसाद सापकोटाको भनाइ छ। चाँडो प्रतिफल दिनेगरि मागमा आधारित जातहरुको स्याउ खेतिमा जोड दिनुपर्ने छ। विरुवालाई सन्तुलित पोषण दिनुपर्ने देखिन्छ। प्राविधिकहरुले सीप, ज्ञान र तौर तरिका सिक्दा यसको फैलावट गुणात्मक भएर अघि बढ्ने ललितपुरका वरिष्ठ कृषि अधिकृत सापकोटाको भनाइ छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच