
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान कार्यान्वयनको लागि बन्नुपर्ने कानूनहरु बन्न नसकेको बताउँदै संसदीय समितिहरुले गुणत्मक रुपमा काम गर्नुपर्ने बताउनुभएको छ ।
बिहीवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले संविधानपछि बन्नुपर्ने कानूनहरु बनाउन ढिलाई भइरहेको बताउनुभएको हो ।
उहाँले बन्न बाँकी कानूनहरु बनाउन संसदीय समितिहरुले उपसमिति गठन गरेर कानूनी अभ्यास गर्न जरुरी रहेको बताउनु भयो ।
उहाँले समितिमा सांसदहरुको उपस्थिति संख्यात्मकभन्दा गुणात्मक बनाउन उपसमितिमार्फत काम गर्न उहाँले सुझाव दिनुभयो । उहाँले संघीय निजामति विधेयकलाई जनमुखी बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले मुस्कानसहितको सेवा नभई सेवाग्राही मुस्कुराउने गरी सेवा प्रवाह हुने गरी विधेयक ल्याउनु पर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संविधानपछि बन्नुपर्ने धेरै कानूनहरु अहिले पनि प्रतिक्षारत छन् । ढिलो भइरहेको छ । हामीले गर्न सकेनौं भन्ने सन्दर्भमा नागरिकपंक्तिमा प्रश्न पनि छन् । त्यसलाई दृष्टिगत गर्दै यसलाई छिटो छरितो बनाउने सन्दर्भमा उपसमितिमार्फत थप एक्सरसाइज गरौं । त्यो भयो भने हामीले बैठक शुरु हुने बेलामा अब दुई जनामात्र आएपछि कोरम पुग्छ भन्ने अवस्थाबाट मुक्त हुन्छौं । समितिमा सांसदहरुको उपस्थिति संख्यात्मक भन्दा पनि गुणत्मक बनाउनका लागि हामीले उपसमितिहरु गठन गरेर काम कारहबाही गर्न मेरो सुझाव छ । संख्यात्मक परिस्थितिको हिसाव किताव निकाल्दा परिणाम कम निक्लिएला । हामीले उपसमितिद्वारा काम गर्नसक्यौं भने हाम्रो उपस्थिति पनि बलियो र परिणाममुखि काम गर्न पनि सजिलो हुन्छ । यसतर्फ म सभापतिज्यूको ध्यानाकर्षण गराउन चाहन्छु । विधेयकका सन्दर्भमा सुशासनमुखी शब्दप्रति मेरो ध्यानाकषर्एण भएको छ । हामीले भन्दै आएको मुस्कानसहितको सेवाले सेवाग्राहीसँग नम्र व्यवहार गर्ने भनेको हो नि । तर सेवाग्राहीलाई मुस्कान दिएर हुदैन, आज त हुदैन भनेर त काम बन्दैन । अब मुस्कानसहितको सेवा भनाई जनतामा मुस्कान आउने सेवा चाहियो ।’
संसदीय समितिहरु कोरम पु¥याउने कुरामा अल्झिदा परिणाममुखी काम नभएको उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच