
काठमाडौं । नेता हृदयेश त्रिपाठीले नेपाली काँग्रेस र नेकपा एमालेलाई आधा-आधा सिट बाँडेर निर्वाचन लड्न सुझाव दिनुभएको छ ।
बिहीवार काठमाडौंमा गजेन्द्रनारायण सिंहको २४ औं पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दुई दलीय व्यवस्था र बहुमत चाहिएको भए आधा-आधा सिट बाँडेर लड्दा बहुमत आउने बताउनु भयो ।
उहाँले आन्दोलन गर्दा सात दल चाहिने तर अहिले दुई दलीय व्यवस्थातिर लैजाने कुरा सह्य नभएको बताउनु भयो । काँग्रेस र एमालेले लोकप्रियता हाँसिल गरेको भए जनताले गत निर्वाचनमै बहुमत दिने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आन्दोलन गर्दा हामी ७ दल चाहिने, अनि अहिले दुई दलको कुरा गरेर हुन्छ ? बहुदलीय व्यवस्था वा प्रणाली जुन हामीले अपनाएका छौँ । नेकपा एमालेका जो नेता हुनुहुन्थ्यो मदन भण्डारी । उहाँको जनताको बहुदलीय जनवादकै विपरित हो दुई दलीय जनवाद । दुई दल भनेको काँग्रेस र एमाले उहाँले सोच्नुभएको होला । काँग्रेस र एमालेले यदी लोकप्रियता हाँसिल गरे भने त दुई दललाई बहुमत कसैलाई आइहाल्छ । अर्को निःशुल्क सल्लाह के छ भने यदी बहुमत नै ल्याउने हो भने आधा आधा सिट बाँडेर लडे भइगयो नि । त्यसको लागि संविधान संशोधन, नियमावली, कानून केही हेर्नैपर्दैन ।’
आफ्नो अकर्मण्यताको दोष प्रणालीलाई दिन नहुने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच