
झापा । नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापालाई हातपात गर्ने भक्तबहादुर कटुवाल र पृथ्वी श्रेष्ठ जनही ५ हजार धरौटीमा छुटेका छन् ।
झापाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीको आदेशमा आज उनीहरू छुटेका हुन् । माघ ५ गते साँझ ७ बजेतिर नेपाल विद्युत प्राधिकरणका कर्मचारीद्वय कटुवाल र श्रेष्ठले कनकाई नगरपालिकाको जुकेखाडी कल्भर्ट नजिक पूर्वपश्चिम राजमार्गमा थापामाथि हातपात भएको थियो ।
कोशीका पूर्वमुख्यमन्त्री तथा संसदीय दलका नेता थापा चढेको गाडीले ओभरटेक गर्न खोज्दा कर्मचारीद्वय र थापाका गाडी चालक बीच विवाद भएको थियो । सोही विषयमा विवाद हुँदा एक्कासी आक्रोशमा आएर थापामाथि हातपात गर्ने उनीहरू विरुद्ध अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले मुद्दा दायर गरेको थियोे ।
शिवसताक्षी नगरपालिका ११ का ४९ वर्षीय कटुवाल र कनकाई नगरपालिका ३ का ४२ वर्षीय श्रेष्ठसँग प्रजिअ अधिकारीले बयान लिएर सामान्य धरौटीमा छाडेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । उनीहरू छुटेको प्रजिअ अधिकारीले पुष्टि गर्नुभयो ।
अभद्र व्यवहार गरेको कसुरमा माघ ६ गते इलाका प्रहरी कार्यालय बिर्तामोडले अदालतबाट तीन दिनको म्याद लिएर उनीहरुमाथि मुद्दा दायर गरेको थियो । पूर्वमुख्यमन्त्री थापा सो दिन दोमुखामा सम्पन्न नेपाल प्रेस युनियन झापाको वार्षिक साधारणसभामा प्रमुख अतिथि रहनु भएको थियो ।
अर्जुनधारा नगरपालिका ७ निवासी थापा आफ्नो सुरक्षागार्ड सहित साँझ बा१ झ ६५३ नम्बरको गाडीमा घर फर्किदै गर्नु भएको थियो । गाडीमा रहनु भएको थापा विवाद मिलाउन गाडीबाट बाहिर निस्कनसाथ बा१ ञ १८७० नम्बरको विद्युत प्राधिकरण सुरुङ्गाको गाडीमा सवार ती कर्मचारीले थापामाथि कुटपिट गरेका थिए । कुटपिटबाट थापा घाइते हुनु भएको थियो। उहाँको देब्रे आँखीभुइँमा चोट लागेको थियो । थापा बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार गराएर सोही रात घर फर्कनु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच