
काठमाडौं । सिमेन्ट उद्योगीहरुले निर्माण सिजनको समयमा मूल्य वृद्धि गरेर नाजायज काम गरेको बताएका छन् ।
बिहीवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपाल निर्माण व्यवसायी महासंघसँग गरेको छलफलमा बोल्दै सांसदहरुले यस्तो बताउनुभएको हो ।
सांसदहरुले सिमेन्ट उत्पादक उद्योगीहरुले नाजाहेज रुपमा काट्रेलिङ गरेर मूल्य वृद्धि गरेको आरोप गएका छन् । समितिमा बोल्दै पूर्वश्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले निर्माणको सिजनमा सिमेन्टको मूल्यवृद्धि गरेर व्यवसायीहरुले नाजायज काम गरेको बताउनु भयो । उहाँले सिमेन्ट उद्योगीहरुले सिमेन्ट किन्नको एलसी खोलेर बस्दा पनि सिमेन्ट उद्योगीहरुले सिमेन्ट समयमा नदिएको बताउनु भयो । उहाँले निर्माण व्यवसायीहरुलाई सिमेन्ट उद्योगीहरुले अमानविय व्यवहार गरिरहेको बताउनु भयो । उहाँले नेपाली उद्योगलाई धराशायी बनाउने उद्देश्य नभएको बताउनु भयो । उहाँले साउनमा गरेको दर रेटमा टेण्डर भएकाले निर्माण व्यवसायीहरु समस्यामा परेको बताउनु भयो । उहाँले सिमेन्ट उद्योगी व्यवसायीहरुले अत्याधिक मूल्य बढाइरहने हो भने निर्यात खोल्न बाध्य हुनुपर्ने अवस्था आउने बताउनु भयो ।
नेकपा एमालेका सांसद लालप्रसाद सावाँ लिम्बूले नेपालको ३२ करोड बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको बताउनु भयो । उहाँले नेपालमा १६ करोड बोरा खपत हुने गरेको बताउनु भयो । उहाँले सिमेन्ट उद्योगहरुले उत्पादन घटाएर काट्रेलिङ गरी मूल्यवृद्धि गरिरहेको बताउनु भयो । उहाँले उद्योगीहरुले उपभोक्तालाई मारमा पर्नेगरी सिमेन्टको मूल्य बढाउन नपाउने बताउनु भयो । उहाँले सिमेन्ट उद्योगीहरुले कालोबजारी गरेर सरकारलाई असफल बनाउने काम गरेको आरोप लगाउनु भयो ।
नेपाली काँग्रेसका सांसद राजु थापाले समितिले निर्माण व्यवसायीहरुको भुक्तानी तत्काल दिलाउन पहल गर्नुपर्ने बताउनु भयो । उहाँले सिमेन्ट उद्योगीहरुले कृतिम रुपमा मूल्यवृद्धि गरेको बताउनु भयो । उहाँले निर्माण व्यवसायीहरु यति बेला ठूलो मारमा रहेकाले सरकारले आवश्यक नीतिगत रुपमा सहजिकरण गर्न आवश्यक रहेको बताउनु भयो ।
जनता समाजवादी पार्टी, नेपालकी सांसद रेखा यादवले सिमेन्ट उद्योगी,निर्माण व्यवसायी वा सरकारको दोषी हो भन्ने छुट्याउन नसक्ने अवस्थामा रहेको बताउनु भयो । उहाँले ३२ करोड बोरा सिमेन्ट उत्पादन गरी १६ करोड मुलुकभित्र खपत गरी बाँकी निर्यात गरी आर्थिक उन्नति गरेको अवस्था रहेको बताउनु भयो । उहाँले अहिले त्यो अवस्था परिर्वतन हुँदा सांसदहरु सशंकित भएको बताउनु भयो ।
उहाँले कालोबजारी व्यवसायीदेखि सरकारसम्म लागेको देखिएको बताउनु भयो । उहाँले सिमेन्ट उद्योगीहरुले कृत्रिम अभाव गरेको बताउनु भयो । निर्माण व्यवसायीहरुले भनेको कुरा पनि समितिले विश्वास गर्ने वातावरण नभएको भन्दै निर्माण व्यवसायीहरुले पनि विश्वासको वातावरण बनाउन आवश्यक रहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच