
हुम्ला । बिहिबार दिउँसो हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–१ स्थित तल्लो कल्खेमा आगलागी हुँदा १६ वटा घाँसका खात जलेर नष्ट भएका छन् । हिउँदयाममा पशुवस्तुलाई दिनका लागि जम्मा गरी राखिएको घाँसमा अचानक आगलागी हुँदा जलेर नष्ट भएको हो ।
तल्लो कल्खेका स्थानीयले हिँउदको समयमा पशुचौपाया खुवाउनका लागी गाउँ नजिकै भण्डारण गरिएको सोही घाँसका खातहरुमा आगालागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । स्थानीय प्रदिप महतारा, कालि बहादुर महतारा, बिक्रम महतारा र युवराज महताराको घाँस खातमा आगालागी भएको काली बहादुर थापाले बताउनुभयो ।
उहाँका अनुसार, गाउँ भित्रै रहेका घाँसका खातहरुमा आगालागी भएपनि घाँस बाहेकको अन्य क्षती भने केही नभएको जानकारी दिनुभयो । दिउँसो करिब १ बजेबाट लाग्न थालेको आगो साढे ३ बजे नियन्त्रणमा लिएको हो । घाँसका खातमा आगलागी भएको आगो स्थानीयले नियन्त्रणमा लिनुका साथै अन्यमा आगलागी हुनबाट रोकेको थापाले बताउनुभयो ।
सोही घाँसमा लागेको आगो स्थानीय नागरीक र गल्फागाड प्रहरी चौकी श्रीनगरले नियन्त्रणमा लिएको हो । स्थानीयद्धारा राखिएको घाँस खात नजिकै घरहरु भएको भएपनि स्थानीयको सहायतामा प्रहरीले आगोलाई अन्य क्षति हुन नदिई नियन्त्रणमा लिएको जनाइएको छ । तर आगो भने के कसरी आजलागी भयाे भन्ने यकिन हुन नसकेको जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच