
एजेन्सी । घरेलु टोली अल इत्तिहादले साउदी प्रो लिगमा बुधबार राती अल शबाबविरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गरेको छ । जितसँगै अल इत्तिहाद १६ खेलमा ४३ जोडेर दोस्रो स्थानमा कायम छ । पराजित अल शबाब समान खेलबाट १६ अंकका साथ छैटौं स्थानमा छ ।
किंग अब्दुलाह स्पोर्ट्स सिटीमा अल इत्तिहादलाई जित दिलाउन अब्दुल रहमान अलोबुद र करिम बेन्जेमाले गोल गर्नुभयोे । अल शबाबका लागि हारुन कमाराले गोल फर्काउनुभयो ।
खेलको ३२औँ मिनेटमा अलोबुदको गोलमार्फत् अल इत्तिहादले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा बेन्जेमाले टोलीको अग्रता दोब्बर बनाउनुभयो । पहिलो हाफको इन्जुरी समयमै कमाराले गोल गर्दै अल शबाबलाई खेलमा फर्काउने संकेत दिनुभएको थियो । तर, त्यसपछि थप गोल निस्कन भने सकेन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच