
एजेन्सी । भारतले इंग्ल्याण्डसँगको पहिलो टी-२० खेलमा सात विकेटको सहज जित हात पारेको छ । बुधबार राती सम्पन्न खेलमा इंग्ल्याण्डले दिएको १३३ रनको सामान्य लक्ष्य भारतले १२.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । भारतका लागि अभिषेक शर्माले सानदार पारी खेल्नुभयो । उहाँले ३४ बलमा ८ छक्का र ५ चौकासहित ७९ रनको पारी खेल्नुभएको हो । यस्तै, तिलक बर्माले २६ र सञ्जु सामसनले अविजित १९ रन बनाउनुभयो ।
तेस्रो विकेटका लागि अभिषेक र तिलकबीच ८४ रनको साझेदारी भयो । इंग्ल्याण्डका लागि जोफ्रा आर्चरले दुई र आदिल राशिदले एक विकेट लिनुभयो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १३२ रनको योगफल तयार पारेको थियो ।
इंग्ल्याण्डका लागि कप्तान जोस बट्लरले ४४ बलमा आठ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ६८ रनको योगदान गर्नुभयोे । यसैगरी हृयारी ब्रुकले १७ र जोफ्रा आर्चरले १२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । तेस्रो विकेटका लागि जोस र हृयारीले ४८ रनको साझेदारी गर्नुभयोे ।
भारतका लागि वरुण चक्रवर्तीले तीन तथा हार्दिक पाण्डेय, अर्शदीप सिंह र अक्षर पटेलले समान दुई विकेट लिनुभयो । जितसँगै भारतले पाँच खेलको शृंखलामा १-० को अग्रता लिएको छ । दोस्रो खेल शनिबार हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच