
धनगढी । क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्रुअरी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । गो ड्रिमर्सको आयोजनामा यस वर्षदेखि नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो । प्रतियोगितामा सहभागी आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा डिसिए धनगढी, फ्रेण्ड्स युवा क्लब डडेल्धुरा, घोडाघोडी-११ सुख्खड कैलाली र बोष्टन क्रिकेट झापा रहेका छन् । समूह ‘बी’ मा सिवाइसी अत्तरिया, दशरथ चन्द एकेडेमी बैतडी, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौं र न्यु होराइजन बुटवल छन् ।
माघ १९ गते हुने उद्घाटन खेलमा डिसिए धनगढी र फ्रेण्ड्स युवा क्लब डडेल्धुराले प्रतिस्पर्धा गर्ने भएका छन् । माघ २० गते सिवाइसी अत्तरिया र दशरथ चन्द एकेडेमी बैतडीले पहिलो खेल खेल्दा दोस्रो खेलमा डिसिए धनगढी र घोडाघोडी-११ सुख्खड कैलाली खेल्नेछन् । माघ २१ गते पहिलो खेलमा फ्रेन्ड्स युवा क्लब डडेल्धुरा र बोष्टन क्रिकेट झापा तथा दोस्रो खेलमा सिवाइसी अत्तरिया र क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौं खेल्नेछन् ।
माघ २२ गते दशरथ चन्द एकेडेमी बैतडी र न्यु होराइजन बुटवल पहिलो तथा डिसिए धनगढी र बोष्टन क्रिकेट झापा दोस्रो खेलमा प्रतिस्पर्धा गर्नेछन् । माघ २३ गतेको पहिलो खेलमा क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौं र न्यु होराइजन बुटवलले प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा घोडाघोडी-११ सुख्खड कैलाली र बोष्टन क्रिकेट झापा खेल्नेछन् । माघ २४ गतेको पहिलो खेल क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौं र दशरथ चन्द एकेडेमी बैतडीबीच हुनेछ भने दोस्रो खेलमा घोडाघोडी-११ सुख्खड कैलाली र फ्रेण्ड्स युवा क्लब डडेल्धुरा खेल्नेछन् । माघ २५ गते लिग चरणको अन्तिम खेलमा सिवाइसी अत्तरिया र न्यु होराइजन बुटवलले प्रतिस्पर्धा गर्नेछन् ।
माघ २६ गते पहिलो सेमिफाइनल, माघ २७ गते दोस्रो सेमिफाइनल र माघ २८ गते फाइनल खेल हुनेछन् । पहिलो सेमिफाइनल खेलमा समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेताबीच फाइनल प्रवेशका लागि खेल हुनेछ भने दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता फाइनलको यात्रा तय गर्नका लागि खेल्नेछन् । प्रतियोगिताका सम्पूर्ण खेलहरू धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिनेछन् ।
धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथि रहनुभएका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना गर्न लागेको अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीका रूपमा टी-२० फम्र्याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही ५०/५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।
प्रतियोगितामा देशभरका आठवटा क्लबका टिमहरूको सहभागिता रहेको छ । सबै टोलीहरूले ‘ए’ क्याटोगोरीका चारजना, ‘बी’ क्याटोगोरीका पाँचजना र बाँकी ‘सी’ क्याटोगोरीका गरी १४ खेलाडी समावेश गर्न पाउनेछन् । ‘ए’ क्याटोगोरीमा नेपाली राष्ट्रिय टिमका खेलाडी रहेका छन् भने ‘बी’ क्याटोगोरीमा नेपाली राष्ट्रिय टिम ए, यू-१९ नेपाली राष्ट्रिय टोली र प्रदेशस्तरीय सिनियर खेलाडी रहेका छन् । सी क्याटोगोरीमा यू-१६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यू-१९ र यू-१६ का खेलाडी र अन्य खेलाडीहरू छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच