
काठमाडौं । ज्ञान संस्कार इन्टरनेसनल स्कुलको आयोजनामा प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आज (शुक्रबार)देखि हुने भएको छ । जुनियर ब्वाइजमा २४ र जुनियर गल्र्समा १६ गरी ४० टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा ज्ञान संस्कारकी प्रधानाध्यापक निलम बानियाँ बडूले जानकारी गराउनुभयो । ब्वाइज टिमलाई आठ समूह तथा गल्र्सलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । ब्वाइजको प्रत्येक समूहबाट शीर्ष दुई टोली प्रि-क्वाटरफाइनलमा पुग्नेछन् । गल्र्सको हरेक समूहको विजेता र उपविजेता क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।
विधागततर्फ ‘मोस्ट भेलुएबल प्लेयर’ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ र सर्वाधिक स्कोरकर्तालाई पनि पुरस्कृत गरिनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब तीन लाख रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक पूर्ण न्यौपानेले जानकारी दिनुभयो । प्रतियोगितामा कक्षा ७ सम्म अध्ययनरत विद्यार्थीले मात्र सहभागिता जनाउन पाउनेछन् ।
जुनियर ब्वाइज स्पर्धामात्र समावेश गरिएकोमा प्रधानाध्यापक बडूले भन्नुभयो, ‘अहिले हाम्रो विद्यालयमा कक्षा ७ सम्म पढाइ हुन्छ । त्यसैले हामीले जुनियरको स्पर्धामात्र समावेश गरेका हौं । हरेक वर्ष हामी कक्षा पनि बढाउँदै जान्छौं । त्यसैअनुरूप प्रतियोगिताको संरचनालाई पनि परिवर्तन गर्दै जाने छौं ।’
प्रतियोगिताका खेलहरू सामाखुशीस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइनेछ । प्रतियोगितामा जम्मा ७० खेल हुनेछ । फाइनल माघ १८ गते हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच