
काठमाडौं । स्वर किन्नरी तारा देवीको १९औैं पुण्य स्मृति दिवस काठमाडौंमा एक विशेष कार्यक्रमगरी मनाइएको छ । उहाँको पुण्यतिथिमा ‘सम्झनामा तारा देवी’ नामक स्रष्टा सम्मान तथा संगीतिक समारोह आयोजना गरेको हो । समारोहमा वरिष्ठ गीतकार गीतकार चाँदनी शाह, वरिष्ठ संगीतकार सीके रसाईली र वरिष्ठ लोक गायिका तीर्थकुमारी थापालाई जनही २५ हजार रुपियाँ र ताम्रपत्रसहित ‘स्वर किन्नरी स्मृति सम्मान २०८१’ बाट सम्मानित गरिएको थियो । कार्यक्रममा विभिन्न १६ जना नयाँ तथा पुराना गायिका-गायकले स्वर किन्नरीका कालजयी गीत प्रस्तुत गर्दै उहाँप्रति श्रद्धा सुमन व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा गायिका गीता पाण्डेले स्वर किन्नरी तारा देवीको कालजयी गीत ‘सुनगाभा जस्तो जीवन’ गाएर सबैलाई मन्त्र मुग्ध बनाउनुभएको थियो । कार्यक्रममा गायिकाहरू ममता गुरुङले ‘रिमझिम रिमझिम’, गायिका प्राशन्ना शाक्यले ‘यो दाग पिरतीको’, गायिका बबिना भट्टराईले ‘तिमी तिरमा उभी देउ’, वरिष्ठ गायिका शर्मीला वर्देवाले ‘आमा भएर बोकी हेर’ गायिका जुनु गौतमले ‘फूलै फूलको मौसम तिमीलाई’ गायिका अञ्जुली हमालले ‘तिमीले दिएका’ गायिका रिता केसीले ‘उकाली ओरालीहरूमा’ गायिका सुधा शेर्पाले ‘नौ सय खोला तरेर’ साथै गायिका सरस्वती मानन्धरले ‘शुभकामना’ प्रस्तुत गर्नुभएको थियो ।
विभिन्न गायक गायिकाको समूहले ‘उसको ममता मेरो’ गाएको कार्यक्रममा आस्था कला केन्द्रका कलाकारहरूले ‘फूलको थुङ्गा बहेर गयो गीत’ मा कन्टेम्पोरेरी फर्मको नृत्य प्रस्तुत गरेका थिए । युगल गीतहरू प्रितम गुरुङ तथा अनामिका सिंहले ‘अँध्यारोंमा एउटा बत्ती, रामवीर मानन्धर तथा त्रितिया गुरुङले ‘ए कान्छा, ठट्टैमा यो बैश जानलाग्यो’, रुपक चौधरी तथा झुमा निरौलाले ‘फूलै फूलको मौसम’ तथा सञ्जिव आले मगर तथा अञ्जुलि हमालले ‘आज योवनलाई’ साथै राजेन्द्र श्रेष्ठ तथा गीता पाण्डेले ‘घाममा पनि माया’ प्रस्तुत गर्नुभएको थियो ।
फाउण्डेशनका अध्यक्ष दीपक केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव शोभन सायजू कार्यक्रम संयोजक तथा कोषाध्यक्ष रमेश थापा कार्यक्रम व्यवस्थापक गर्नुभएको थियो । विसं. २००२ साल माघ २ गते जन्मिनुभएका स्वर किन्नरी तारा देवीको माघ ८ गते निधन भएको थियो । उहाँका अधिकांश आधुनिक गीत लोकप्रिय छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच