
काठमाडौं । अधिवक्ता निराज खड्काद्वारा लिखित ‘नाकोर्लोजी’ पुस्तकको लोकार्पण गरिएको छ । पाल्पाली संगमद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल सरकारको मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधान न्यायाधीश खिलराज रेग्मीले उक्त पुस्तकको लोकार्पण गर्नु भएको हो ।
संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डे र लेखक तथा समालोचक सुवासचन्द्र पोखरेलले पुस्तकको समीक्षा गर्नु भएको थियो । कार्यक्रममा पाल्पाका सांसद् ठाकुरप्रसाद गैह्रे, पूर्वसांसद तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डे, पूर्वसांसद कुलप्रसाद नेपाल, वरिष्ठ अधिवक्ता भोजराज आचार्यलगायतले नेपालमा लागूऔषधको अवस्था, कानुनी व्यवस्था र यसको समाधानका उपायहरूबारे आफ्ना धारणा राख्नु भएको थियो ।
पुस्तक लागूऔषधको समस्यालाई केन्द्रमा राखेर लेखिएको यस पुस्तकले नेपालमा बढ्दै गएको लागूऔषधको दुव्र्यसन र यसले पारेको असरबारे गम्भीर अध्ययन प्रस्तुत गरेको छ । पुस्तकमा लेखकले लागूऔषधविरुद्धको लडाइँमा कानुनी तथा सामाजिक पक्षहरूलाई समेट्दै यस समस्याको दीर्घकालीन समाधानका लागि विभिन्न सुझाव दिनु भएको छ ।
कार्यक्रमका वक्ताहरूले लागूऔषधको दुव्र्यसनले समाजमा निम्त्याएको विनाशकारी परिणामबारे चर्चा गर्दै यस समस्या समाधानका लागि सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिनु भएको थियो ।
संगमका अध्यक्ष विष्णु खत्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन महासचिव जीवन भण्डारीले गर्नु भएको थियो भने उपाध्यक्ष केशवराज आचार्यले स्वागत मन्तव्यसहित आफ्ना भनाइ राख्नु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच