
काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत यो चलचित्र आजदेखि सिनेमाघरमा आएको हो । चलचित्रको ललितपुरको लबिम मलमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियरपछि अधिकांश चलचित्रकर्मीले चलचित्रको कथावस्तुसँगै कलाकारको अभिनय, निर्देशकीय पक्ष, प्राविधिक पक्षको तारिफ गरेका थिए ।
नाजिर हुसेन र सृष्टि श्रेष्ठ स्टारर मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, मिरुना मगर, दिया मास्के, मेनुका प्रधान, निश्चल बस्नेत, छविराज ओझालगायत चलचित्रको प्रिमियरमा पुग्नुभएको थियो ।
अभिनेत्री प्रियंकाले आफूहरूले हेरिरहेको मूलधारका चलचित्रभन्दा फरक रहेको बताउनुभयो । उहाँले आफूले ‘इन्जोय गरेको खुलाउनुभयो । अभिनेता आयुष्मान देशराज जोशीले नेपाली चलचित्रमा चलिरहेको जनराभन्दा फरक जनराको चलचित्र भएकाले राम्रो लागेको बताउनुभयो । निर्देशक निश्चल बस्नेतले निर्देशक दीपेन्द्र गौचनको चलचित्र हेर्ने धेरै पहिलेदेखि इच्छा भएकोमा त्यो इच्छा पूरा भएको बताउनुभयो । उहाँले निर्देशकले आफूले भन्न मन लागेको कुरा चलचित्रको माध्यमबाट भनेको जनाउनुभयो ।
अभिनेत्री स्वस्तिमा खड्काले धेरैपछि एउटा फरक जनरा र फ्रेस कथाको चलचित्र हेर्न पाएको सुनाउनुभयो । अभिनेत्री दिया मास्केले एकदमै सामान्य, फ्रेस र आफूलाई मनपर्ने तरिकाले बनाएको चलचित्र भनी प्रतिक्रिया दिनुभएको थियो । डिसिएनका अशोक शर्माले चलसचत्रमा दर्शकले नयाँ स्वाद पाउने बताउनुभयो । अभिनेत्री केकी अधिकारीले आफूलाई यस्तो कथाको चलचित्र हेर्न एकदमै मनपर्ने सुनाउनुभयो । उहाँले स्लोपेसमा डिटेल्समा बनाइएका चिज राम्रो लाग्ने जिकिर गर्नुभयो ।
अभिनेत्री मिरुना मगरले सृष्टिको काम देखेर आफू खुशी भएको बताउनुभयो । निर्देशक प्रदीप भट्टराईले निर्देशक दीपेन्द्र गौचनबाट रेगुलर चलचित्रको अपेक्षा नभइरहेको अवस्थामा उहाँले फरक तरिकाले कथा भनेको बताउनुभयो । निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँले मधेश प्रदेशले यो चलचित्रलाई सहयोग गर्नुपर्ने धारणा राख्नुभएको थियो । विषयवस्तु र पर्यटकीय हिसाबले चलचित्र राम्रो रहेको उहाँको जिकिर थियो ।
ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको चलसचत्र ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । चलचित्रमा दीपेन्द्र गौचनको लेखन र निर्देशन छ । चलचित्रमा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रूपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । चलचित्रमा अमितेष शाह विशेष भूमिकामा हुनुहुन्छ ।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको चलचित्रमा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सहकार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।
चलसचत्रमा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, रामजी लामिछाने र राजीव कर्णको कोरियोग्राफी छ ।
ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको यो चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच