
काठमाडौं । महानगर यातायात प्रालिले थानकोटदेखि धुलिखेलसम्मको रुटमा सेवा विस्तार गरेको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच थानकोट-धुलिखेल सेवा शुभारम्भ गरेको हो ।
काठमाडौंको चक्रपथमा सेवा दिँदै आएको महानगर यातायातले टाटाका थप ४० वटा बस सञ्चालनमा ल्याएसँगै महानगर यातायातका बस ८९ वटा पुगेको कम्पनीले जनाएको छ । सिप्रदी ट्रेडिङ प्रालिले सोही कार्यक्रममा बसहरूको चाबी महानगर यातायात प्रालिलाई हस्तान्तरण गरेको छ ।
नयाँ बसहरू सञ्चालनसँगै महानगर यातायातले चक्रपथबाहेकका अन्य गन्तव्य र रुटमा पनि सेवा विस्तार गरेको महानगर यातायात प्रालिका उपाध्यक्ष सन्तोष खतिवडाले बताउनुभयो ।
बिहीबारदेखि नै महानगर यातायातले काठमाडौंको चन्द्रागिरि, गोदाम र थानकोटदेखि काभ्रेपलाञ्चोकको बनेपा हुँदै धुलीखेलसम्मका रुटमा यात्रुलाई सेवा सुरु गरेको हो । महानगर यातायात प्रालिले पब्लिक कम्पनीमा रूपान्तरण गर्ने निर्णय गरेको गरेको छ । कम्पनीले छिट्टै नै १० वटा विद्युतीय बससमेत सञ्चालनमा ल्याउने गरी तयारी गरिरहेको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच