
काठमाडौं । अशोक लेल्याण्डले आइएमई ग्रुपसँगको सहकार्यमा नेक्स्ट-जेन लेपावर जेनसेट सार्वजनिक गरेको छ । लेपावर जेनसेटको आधिकारिक वितरकका रूपमा आइएमई इलेक्ट्रिक प्रालिले देशमा बढ्दै गएको ऊर्जा माग पूरा गर्ने उद्देश्यका साथ अत्याधुनिक पावर सोलुसन उपलब्ध गराउने क्रममा लेपावर जेनसेट बजारमा ल्याएको हो । सो अवसरमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अशोक लेल्याण्डको सन्तुष्ट ग्राहकको नाताले इञ्जिन र सुपेरियर बिल्ड क्वालिटीप्रति विश्वस्त रहेकाले पावर सोलुसन बजारमा समेत लेपावर जेनसेट गेम चेन्जर बन्ने विश्वास लिएको बताउनुभयो ।
अशोक लेल्याण्डका सार्क हेड अमिताभ वास्तवले अशोक लेल्याण्ड इण्डियाले लेपावर जेनसेटसाथ नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै गएको बताउनुभयो । आइएमई ग्रुपसँगको सहकार्यले विश्वसनीयता र उत्कृष्टताका माध्यमबाट शहरी र औद्योगिक क्षेत्रमा आवश्यक ऊर्जा उपलब्ध गराउन जेनसेट उत्पादन गरिएको उहाँको भनाइ थियो ।
आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै क्षेत्रमा गुणस्तरीय उत्पादन र सेवा उपलब्ध गराउनमा आइएमई ग्रुप प्रतिबद्ध रहेको बताउनुभयो । ग्राहक सन्तुष्टि र विश्वसनीयता बढाउन बिक्रीपछिको सेवालाई प्राथमिकता दिएको र लेपावर जेनसेटका ग्राहकलाई समेत खुसी र विश्वसनीयता कायम राख्न अतुलनीय सेवा र जेन्युइन स्पेयर पाट्र्स उपलब्ध गराउन प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । सो अवसरमा आइएमई इलेक्ट्रिकका कार्यकारी निर्देशक निशान ढकाल, आइएमई मोटर्सका निर्देशक सन्दिप अग्रवाल र अशोक लेल्याण्डका कन्ट्री म्यानेजर विप्लव पाउललगायतको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच