
नमागिएको सल्लाह :
जनवरी १९, २०२५ आइतवारका दिन इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता कार्यान्वयनमा आएको छ । कार्यान्वयनमा भएको ढिलाइको कारण एक दर्जन बढीको ज्यान गयो र धेरै घाइते भए । सम्झौताको टेबुलमा बसेर सहमति बनिसकेपछि पनि मानवीय क्षति हुनु चिन्ताको विषय बनेको छ । इजरायलतर्फबाट भएको त्यस कारबाहीबाट बुझ्न सकिन्छ कि उनीहरू कति आक्रामक मनस्थितिमा रहेका छन् । संयोग नै भन्नुपर्छ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्नुभन्दा एक दिनअगाडि यो सम्झौता कार्यान्वयनमा आएको छ ।
वार्तामा सहभागी ट्रम्पका दूतको दबाबका कारण यो सम्झौता सम्भव भएको हो कि भन्ने विश्लेषण भइरहेको छ । सस्तो लोकप्रियता र स्टन्टबाजी मन पराउने ट्रम्पले शपथअगाडि यो सम्झौता कार्यान्वयनमा ल्याउन दबाब दिएनन् होला भन्नसक्ने अवस्था छैन । वार्तामा, वाइडेन र ट्रम्प दुबैका दूतको उपस्थितिलाई अमेरिकी चाहना एक छ भन्ने सन्देश दिनु हो भनेर बताइए तापनि दुई राष्ट्रपतिबीच कसले राजनीतिक लाभ लिने भनेर गरिएको प्रयास भन्नेहरूको कमी छैन ।
इजरायल-हमास घृणाजन्य सम्बन्धको कथा लामो छ । भूमध्यसागर र जोर्डन नदीबीच रहेको प्यालेष्टाइन भूमिलाई अटोमन साम्राज्यले कब्जामा लिएको थियो, प्रथम विश्वयुद्धमा अटोमन साम्राज्यको हारपछि उक्त क्षेत्रमा बेलायतले नियन्त्रण जमायो । दोस्रो विश्वयुद्धपछि यहुदीका लागि छुट्टै देशको माग भयो । सन् १९४७ नोभेम्वर २९ मा राष्ट्रसंघीय महासभाबाट प्यालेस्टाइन क्षेत्रमा यहुदी र मुसलमानका लागि दुई राज्य बनाउने र दुबैपक्षको दाबी रहेको जेरुसलम र आसपासको क्षेत्रलाई अन्तर्राष्ट्रियकरण गर्ने निर्णय भयो । सन् १९४८ जुन १४ मा बेलायती शासनको समाप्तिपछि प्यालेस्टाइनका केही भाग समेटेर यहुदी राज्य इजरायल बन्यो । विश्वभरि जहाँसुकै रहेका यहुदीहरू इजरायलमा बस्न पाउने व्यवस्था भयो ।
यस युद्धमा एक लाखभन्दा बढी जनता विस्थापित भएका छन् भने अर्बौं डलरको भौतिक सम्पत्तिको क्षति भएको छ । प्यालिस्टिनी क्षेत्र खण्डहरमा परिणत भएको छ । भौतिक सम्पत्तिको त ढिलो चाँडो क्षतिपूरण गर्न सकिएला तर अभिभावक गुमाएका बालबालिका, बालबालिका गुमाएका बाबुआमा, परिवार गुमाएका आफन्तलाई परेको पीरको क्षतिपूरण कसले गर्ने ?
यसमा छिमेकी मुस्लिम राष्ट्रहरू सहमत भएनन् । इजिप्ट, सिरिया, जोर्डनसमेतले आक्रमण गरेपश्चात् भएको दश महिना लामो युद्धमा इजरायल विजयी भयो । यो लडाइँबाट इजरायलले प्यालेष्टाइनका लागि छुट्याइएका केही भूभाग कब्जा गर्यो । सन् १९६७ मा पुनः युद्ध भएपछि दुई पक्षबीचको तनावमा झन् बढोत्तरी भयो । यो त भयो मुस्लिम देशसँगको इजरायलको सम्बन्धको कुरा, यहुदी समुदाय र इजरायललाई पूर्णरूपमा नष्ट गरेरमात्र अन्त्य हुने भनेर संगठनको बडापत्रमा लेखेको हमासको कथा बेग्लैछ । शेख अहमद यासिनले सन् १९८७ मा गठन गरेको हमासले इज्रायललाई देश मान्दैन । बेष्ट बैंक, गाजा र पूर्वी जेरुसलेमलाई समग्रतामा प्यालेष्टाइन नाम प्रयोग गर्छन् हमासहरू ।
हमासले इजरायल र यहुदीलाई पूर्णरूपमा नष्ट गर्ने बाचाबन्धन गरे जस्तै इजरायली प्रधानमन्त्री नेतान्याहु पनि हमासलाई ध्वस्त पार्ने लक्ष्यका साथ अघि बढेका छन् । नेतान्याहुलाई हमासलाई पूर्णरूपमा नष्ट गरेरमात्र लडाइँ अन्त गर्नुपर्ने अति दक्षिणपन्थी पार्टीका मन्त्रीहरूको दवाव छ । दुईजना मन्त्रीले त राजीनाम नै गरिसकेका छन् । हमासले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इज्रायलमा अप्रत्याशित आक्रमण गर्दा १२०० को ज्यान गएको थियो भने २५१ जनालाई बन्धक बनाएर लिएर गएको थियो । हमासको कारण भएको लडाइँबाट इजरायलका करिब १४०० र अन्य प्यालेस्टिनीसमेत गरी ४८ हजारभन्दा बढीको ज्यान गएको छ । लडाइँको कारण १८ हजार बालबालिकाको मृत्यु भएको छ भने १ लाख १० हजारभन्दा बढी घाइते भएका छन् ।
एक लाखभन्दा बढी जनता विस्थापित भएका छन् भने अर्बौं डलरको भौतिक सम्पत्तिको क्षति छ । प्यालिस्टिनी क्षेत्र खण्डहरमा परिणत भएको छ । भौतिक सम्पत्तिको त ढिलो चाँडो क्षतिपूरण गर्न सकिएला तर अभिभावक गुमाएका बालबालिका, बालबालिका गुमाएका बाबुआमा, परिवार गुमाएका आफन्तलाई परेको पीरको क्षतिपूरण कसले गर्ने ? उनीहरूको मनमा परेको आघातको कारण उनीहरूमा प्रतिशोधी भावना रहिरहने र त्यसले गर्दा भविष्यमा हिंसा जीवित रहने विषयलाई इन्कार गर्न सकिँदैन । बेलाबेलामा भएका अरब इजरायल युद्धमा बलियो देखिएको इजरायललाई एउटा प्यालिस्टिनी समूहले झुक्याएर आक्रमण गर्नु आत्मघाती काम त छँदै थियो । त्यसको प्रतिशोधमा इजरायलले प्यालेष्टाइनमाथि जस्तो नरसंहार मच्चायो त्यो पनि त्रासदीपूर्ण थियो । हालै भएको युद्धविराम सम्झौताले शान्तिको आशा जगाएको छ तर यो दिगो हुनेमा आशंका छ ।
के छ युद्धविराम सम्झौतामा ?
कतारको मध्यस्थतामा भएको वार्तामा इजरायलका तर्फबाट गुप्तचर एजेन्सी मोसादका प्रमुख डेबिड बर्निया, आन्तरिक सुरक्षा एजेन्सी सुन बेटका निर्देशक रोनेन बार्ले, हमासका तर्फबाट राजनीतिक ब्युरोका कार्यबाहक प्रमुख खलिलअल हाøयाको संलग्नता थियो । साथै, इजिप्ट, अमेरिकी निवर्तमान राष्ट्रपति जो वाइडेन र राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेषदूतसमेतको सहभागिता थियो । सम्झौताको पहिलो बुँदामा, छ÷साताको अवधिमा हमासले बन्धक बनाएका महिला, बालबालिका वृद्ध र घाइतेसहित ३३ जनालाई रिहा गर्ने, इजरायलले एक बन्धक बराबर ३० देखि ५० जना प्यालेस्टिनी कैदी रिहा गर्ने ।
तीन महिला सैनिक मुक्त गरेर हमासले सम्झौताको कार्यान्वयनको प्रारम्भ गरिसकेको छ भने इजरायलले पनि ९० प्यालिष्टिनीलाई मुक्त गरिसकेको छ । अपहरणमा परेका नेपाली नागरिकको नाम ३३ जनामा परेको छैन । उनीभन्दा खराव अवस्थाका अरू बन्दी भएको कारण वा नेपालको कूटनीतिक प्रयास नपुगेका कारण यसो भएको हुनसक्छ । सम्भवतः दोस्रो बन्दी आदानप्रदानमा उनी पर्न सक्दछन् । नातवाद र फरियावादको आधारमा कूटनीतिको कपुरी ‘क’को ज्ञान नभएकालाई राजदूत बनाउने देश नेपाल भएकाले कूटनीतिक ढंग नपुगेर नेपाली नागरिक विपिन जोशी मुक्त हुने समयमा विलम्व हुनसक्दछ, नेपालीपक्ष सचेत हुन जरुरी छ ।
४२ दिनभित्र गाजा क्षेत्रमा रहेका इजरायली सेना मानिसको बसोवास भएका स्थानबाट फिर्ता हुने । प्यालेष्टिनीहरूलाई गाजास्थित आफ्नो घर फर्कन अनुमति दिने । मानवीय सहायता प्रदान गर्न दैनिक ६०० ट्रकलाई प्रवेश दिने समझौतामा उल्लेख गरिएको छ । दोस्रो चरणमा गाजाबाट इजरायली सेना पूर्णरूपमा फिर्ता हुने र त्यसको सट्टा हमासले थप सैनिक र बन्धक रिहा गर्ने । यसमा हमासपक्षको केही असहमति छ । जुन विषय, इजरायललाई सम्झौता भंग गर्न बलियो आधार बन्न सक्दछ । तेस्रो चरणमा, अन्तर्राष्ट्रिय पर्यवेक्षणमा गरिने तीनदेखि पाँचवर्षे पुनर्निर्माण योजनाको बदलामा हमासले बाँकी बन्धकको शव फिर्ता गर्ने ।
हमासले भएको पनि गुमायो । आत्मरतिमा रमाउनुबाहेक उसका लागि सायदै कुनै चिज बाँकी छ । लगभग ४७ हजार प्यालिष्टिनी जनताको ज्यान गएको छ, जसमध्ये एकतिहाइ बालबालिका छन् । लाखौं घाइते छन् । अधिकांशको घर क्षतविक्षत भएको छ ।
दुवै पक्षले यो युद्धविराम सम्झौता बाध्यतामा हस्ताक्षर गरेको बुझ्न सकिन्छ । इजरायललाई अमेरिकी प्रशासन वाइडेन र ट्रम्प दुवैको दबाब थियो, नेतान्याहुका लागि कट्टरपन्थी मन्त्रीहरूको व्यवस्थापनलगायत आन्तरिक समस्या धेरै थिए । हमास पक्ष त आफ्नो नेतृत्व पंक्ति गुमाएको र युद्धमा अन्य धेरै क्षति व्यहोरोकाले युद्धविराम गर्नुपर्ने बाध्यतामा थियो । लेबनानी संगठन हेजबुल्लाह र इजरायलबीच नोभेम्बर २७, २०२४ मा युद्धविराम सम्झौता हमासको दबाबमा थियो । दुबैको बाध्यता र अमेरिकी चाहनासमेतले युद्धविराम सम्झौता भएकाले युद्धपीडितहरू घर फर्कन थालेका छन् ।
युद्धको लहड र पीडितको पीडा :
हमासको अप्रत्याशित १०/२३ को आक्रमणलाई जायज ठान्नेहरूले पनि सोच्ने बेला भएको छ-यो आक्रमणले कसलाई के फाइदा भयो ? फाइदा हतियार व्यापारीलाई भयो । इजरायलको प्रभुत्व जमाउने मनशाय बलवान भयो । इजरायल धेरै युद्धसम्बन्धी प्रयोग र अभ्यास गरेर अझ चुस्त बन्यो । गुप्तचर संगठन मोसाद र इजरायली फौजलाई हिस्स पारेको १०/२३ को आक्रमणको बदलामा पेजर आक्रमणलगायत नौला प्रयोग गरेर मोसाद र इजरायली सेनाले बदला साँध्ने र आफूलाई चुस्त बनाउँने मौका पायो । हमासले भएको गुमायो । आत्मरतिमा रमाउनुबाहेक उसका लागि सायदै कुनै चिज बाँकी छ । लगभग ४७ हजार प्यालिष्टिनी जनताको ज्यान गएको छ, जसमध्ये एकतिहाइ बालबालिका छन् । लाखौं घाइते छन् । अधिकांशको घर क्षतविक्षत भएको छ ।
युद्ध चाहनेहरूले, रित्तो थाल आकाशतिर देखाएर खानाको याचना गरिरहेका बालबालिकाको तस्वीर नियाल्न जरुरी छ । घाइते बालबालिका च्यापेर अस्पताल पुग्दा आक्रमणकारीको आक्रमणबाट अस्पताल क्षतविक्षत भएर स्वास्थ्यकर्मीको लास देख्नुपर्ने अवस्था छ । गुल्जार गाजा शहर खण्डहरमा परिणत भएको हेर्न जरुरी छ । युद्ध निम्त्याउने हमासलाई स्वागत गर्ने प्यालेस्टिनीहरूले सोच्न जरुरी छ–हमासले दियो के ? लडाकुका लागि युद्ध सौखको विषय बन्नसक्ला तर सर्वसाधारण जनताका लागि सहजतापूर्वक जीवन जिउँनु ठूलो कुरा हो । युद्ध मानवता, मानव सभ्यता र विकासमाथिको कठोर प्रहार हो ।
तथापि, युद्ध चाहनेहरूले युद्ध थोपरिदिन्छन् । आबेस र उत्तेजनामा आएर युद्धमा सामेल हुनुजस्तो बर्बर विषय केही हुन सक्दैन । पछिल्लो घटनाक्रममा हमासको आक्रमणको कारण भड्केको युद्ध शान्त पार्न भएको युद्धविराम सम्झौता सफल हुनजरुरी छ । अमेरिकाको राष्ट्रपतिमा ट्रम्पको आगमनसँगै हुनसक्ने परिवर्तीत विश्व व्यवस्थाले यो युद्ध इजरायल र हमास दुवैलाई महँगो पर्न सक्छ ।
प्यालेस्टाइन जनताले स्वतन्त्रतापूर्वक बाँच्न पाउनु उनीहरूको हक हो भनेर बुझ्न सकिन्छ तर प्यालेस्टाइन भनेर आत्मविध्वंसक लहडी आक्रमण गर्नु, लाखौं जीवनको क्षति र आफ्नो भू-भागलाई खण्डहरमा परिणत गरी भएको पनि गुमाउने परिस्थिति बन्नु मूर्खता सिवाय केही होइन । यो क्षेत्रमा दुवै पक्ष सुरक्षित र आत्मसम्मानपूर्वक बाँच्न पाउनुपर्छ । यसैमा दुवै पक्षको भलो देखिन्छ । यो युद्धविराम सम्झौता दिगो शान्तिका लागि कोसेढुंगा बन्न सकोस् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच