
काठमाडौं । हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्व फरक छ । यही फरक महत्वलाई बुझ्न सके दैनिकी सहज बन्ने छ । आज शुक्रबार । हिन्दू धर्मावलम्बीहरुले आजको दिन शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन् ।
साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ । जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पुर्याउँछ ।
यो दिन व्रत लिने व्यक्तिले फलाहारका रुपमा चना र सख्खर प्रयोग गर्नु उत्तम हुनेछ । व्रतमा अमिलो खानु ठूलो त्रुटी हुनेछ । साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । धार्मिक रुपमा शुक्रबार तीन किसिमको व्रत तथा पूजा गरिन्छ ।
धन सम्पतीको जोहो गर्न र यसको बचत गर्न अनेकौं प्रयासका बावजुद सफल भइरहनु भएको छैन ? वा तपाईको हातमा पैसा टिक्दैन ? यी अनेकौ समस्या भोगिरहनु भएको छ भने तपाईलाई लक्ष्मीको कृपा भएको छैन भन्ने बुझ्न सकिन्छ । त्यसका लागि विधि सुरू गर्ने उपयुक्त दिन शुक्रबार हाे ।
लक्ष्मी प्रसन्न भए वा दाहिना भएमा मानिसलाई कहिल्यै धनसम्पति, रुपैयाँ पैसाको अभाव हुँदैन । यस्तोमा देवि लक्ष्मीलाई प्रसन्न पार्ने केही उपायहरु जानकारी दिँदैछौ, जसले तपाईलाई सहज रुपमा लक्ष्मीको कृपा बर्षन सुरु हुन्छ ।
हातमा पैसा टिकाउन के गर्ने ?
बिभिन्न शास्त्र र मान्यता अनुसार जुन घरमा महिलाको आदर हुँदैन, उक्त घरमा लक्ष्मकिो कृपा हुँदैन । देवी लक्ष्मी ति घरमा मात्र प्रवेश गर्नुहुन्छ, जहाँ महिलाको सम्मान र आदर हुन्छ । तसर्थ घरमा भएका महिला आफन्तहरुलाई हमेशा आदर गर्नुहोस् ।
शुक्रबारलाई भगवान् लक्ष्मीको दिनका रुपमा मानिन्छ । यस दिन लक्ष्मीको पूजाअर्चना वा उपासना गरे लक्ष्मी प्रसन्न हुने र मनोवाञ्छित फल दिने धार्मिक विश्वास छ ।
यदि घरमा कुनै वास्तुदोष छ भने पनि उक्त घरमा लक्ष्मीको कृपा हुँदैन । यस्तोमा वास्तुदोष भएका घरमा आएको धन पनि नासिएर वा खर्च भएर जाने हुन्छ । वास्तुशास्त्रमा घरको दिशा कस्तो हुनुपर्छ भनि मार्गदर्शन गरीएको छ ।
जो ब्यक्तिको कुण्डलीमा शुक्र ग्रहको स्थिति मजबूत घरमा हुन्छ उनै ब्यक्ति प्रति माता लक्ष्मीको कृपा हुने गर्दछ । ज्योतिषशास्त्रमा शुक्र ग्रहलाई सुखसमृद्धिका रुपमा मानिन्छ । शुक्र ग्रह कमजोर हुने ब्यक्तिलाई घरमा आर्थिक समस्या परीरहने हुन्छ । यदि यस्तो भएमा मयुरको प्वाखँ घरमा राखेमा शुक्र मजबूत हुन जान्छ र लक्ष्मीको कृपा बर्षन थाल्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच