
रुपन्देही । रुपन्देहीको शुद्धोदन गाउँपालिकाको मानपकडीमा बौद्धिक अपाङ्गता व्यक्तिहरुलाई न्यानो कपडा, पोषण आहार, र सरसफाई सामाग्री वितरण गरिएको छ।
सुस्तमनस्थिती बाल बिद्या मन्दिर बुटवलको आयोजना र शुद्धोदन गाउँपालिकाको आर्थिक सहयोगमा विभिन्न सामाग्रीहरु वितरण गरिएको हो ।
कार्यक्रमको अध्यक्षता विद्या मन्दिरका कोषाध्यक्ष चन्द्रमान श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख अतिथि रुपमा शुद्धोदन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्याल हुनुहुन्थ्यो।
बस्यालले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूका लागि भविष्यमा खेलमैदान र भवन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले यस प्रकारका सहयोगात्मक कार्यक्रमले बौद्धिक अपाङ्गता भएका बालबालिका र बयस्कहरूको जीवनस्तर सुधार गर्न महत्त्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।
कार्यक्रममा ३६ जनालाई ब्लाङ्केट, ट्रयाक सुट, चना, डाबर च्यवनप्राश, साबुन, कोलगेट, र ब्रस जस्ता सामग्री वितरण गरिएको थियो।
उक्त अवसरमा पालिकाका उपाध्यक्ष शान्तादेवी ज्ञवाली, वडा नं २ का अध्यक्ष कमल खड्का क्षेत्री, शुद्धोदन ४ का अध्यक्ष केशवप्रसाद अधिकारीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्रधानाध्यापक मिना भुसालले गर्नुभएको थियो।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच