
नवलरासी । सगरमाथा सामुदायिक विकास प्रतिष्ठान, बर्दघाट–५, पाल्डाडाको आयोजनामा माघ १२ गते देखि शुरु हुने पाल्डाडा कप –२०८१ को तयारी पुरा भएको छ ।
सङ्कटा एफसी काठमाडौं देखि गोरखपुर एफसी भारतको टिमले समेत भाग लिने उक्त फुटबल प्रतियोगितामा १० टिमको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष गङ्गा बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
१२ गते पहिलो दिन गोरखपुर एफसी भारत र चोरमारा युवा क्लब नवलपुरबीच खेल हुने छ । बर्दघाट नगरपालिका वडा नं ५,पाल्डाडाको खेल मैदान आयोजना गरिएको पाल्डाडा कप –२०८१ को विजेता टिमलाई २ लाख १ हजार नगद सहित कप, मेडल र प्रमाण पत्रको व्यवस्था गरीएको प्रतिष्ठानका सल्लाहकार तथा बर्दघाट नगर खेलकुद विकास समितिका नगर अध्यक्ष दीपक थापाले बताउनु भएको छ ।
उपविजेता टिमका लागि १ लाख ५ सय नगद सहित कप, मेडल र प्रमाण पत्रको ब्यवस्था गरिएको थापाले बताउनु भएको छ ।
त्यसैगरी प्रतियोगितामा सहभागीहरू मध्येबाट म्यान अफ द म्याच, सार्वोकृष्ट गोल किपर, म्यान अफ द सिरिज र सर्वाधिक गोलकर्तालाई नगद सहित मेडल प्रदान गरीने अध्यक्ष थापाले बताउनु भयो ।
पाल्डाडा कप २०८१ को संरक्षक बर्दघाट नगरपालिका वडा नं ५ को कार्यालय रहेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच