अत्यधिक चिसो र शितलहरका कारण जनकपुरसहित मधेसको जनजीवन प्रभावित (भिडियाेसहित)

जनकपुर । गत तीन दिन यता  बढेको अत्याधिक चिसो र शितलहरका कारण जनकपुरधामसहित मधेसको जनजीवन प्रभावित बनेको छ ।

गत सोमवारदेखि दिउँसोबाट घाम उदाएको भएपनि मंगलवार देखि एकाएक चलेको चिसो हावा र गएराति शितको वर्षा भएपछि मधेसमा अत्याधिक चिसो महशुस गरिएको हो । विगत तीन दिनदेखि घाम उदाएको छैन । साथै शितलहर र सितको वर्षा पनि भइरहेको छ । अत्याधिक चिसो र घाम अभावका कारण ग्रामिण जनजीवन ठप्प छ । दैनिक ज्याला,मजदुरी गर्नेहरु मारमा परेका छन् । मधेसको जनजीवन १० बजे बिहानसम्म ठप्प हुने गरेको छ । चिसोबाट गरिव विपन्नहरुलाई धेरै समस्या भएको छ ।

स्थानियहरु आगो तापेर तथा ग्रामिण भेगमा पराल बालेर चिसो छल्ने गरेका छन् । जनकपुरधाममा शुक्रवार न्युनतम ११ र अधिकतम २१ डिग्री तापक्रम मापन गरिएको छ । जारी शितलहर र चिसो हावा अझै केही दिनसम्म रहने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?