जुम्ला । जुम्लाको तिला गाउँपालिका-८ स्थित जुम्लाकोट गाउँमा रहेको पशुसेवा केन्द्रमा पशु प्राविधिक कर्मचारी नहुँदा सेवा प्रवाह बन्द भएको छ । उक्त पालिकाको वडा नं. ८ र ९ विशेषगरि यो क्षेत्रका स्थानीय नागरिकको प्रमुख पेशा नै पशुपालन रहेको छ । पशुचौपायामा सेवा प्रवाह गर्नका लागि स्थानीय स्तरमा स्थापना गरिएको पशुसेवा केन्द्रमा लामो समयदेखि कर्मचारीविहीन हुँदा सेवा वन्द भएपछि यहाँका स्थानीयवासिलाई सेवा लिनबाट बञ्चित भएको सो वडाका भेडापालक किसान नौसेर रावतले जानकारी दिनुभयो ।
गाउँमा स्थापना भएको पशुसेवा केन्द्रमा एक वर्षदेखि बन्द रहेको छ । स्थानीय स्तरमै पशुपन्छीलाई सेवा प्रवाह गर्ने उद्देश्यले स्थापना गरिएको पशुसेवा केन्द्र एक वर्षदेखि बन्द भएपछि सेवाग्राही मर्कामा परेको स्थानीय भेडापालक किसान रावतको भनाइ छ ।
गतवर्ष उपचार नपाएर १५ वटा भेडा, एक हल गोरु, गाई मरेका थियो । अन्य स्थानीय किसानका लागि यसरी नै उपचार नपाएर पशुचौपायमा क्षति पुगेको थियो । स्थानीयवासी रावतले भन्नुभयो,“ स्थानीय स्तरमै पशुसेवा केन्द्र भएपछि सहजहुने अपेक्षा गरेका थियौँ । तर लामो समयदेखि पशुसेवा केन्द्र बन्द भएपछि हामी स्थानीय किसान निकै समस्यामा परेका छौँ । छिटो कार्यालय संचालनमा ल्याएर सेवा प्रवाह गर्न माग गर्दछौँ ।”
यी वडा पालिकादेखि निकै टाढा भएको क्षेत्र हो । पालिकाको मुकाममा रहेको पशुसेवा शाखाबाट प्रवाह गर्न पहुँच नपुग्ने भएपछि स्थानीय स्तर तीन वडाको कार्यक्षेत्र रहेको जुम्लाकोटमा स्थापना भएको पशुसेवा केन्द्र लामो समयदेखि बन्द भएपछि सेवा प्रवाह समस्या भएको स्थानीयवासि रावतको भनाइ छ ।
तिला गाउँपालिका पशुसेवा शाखाका प्रमुख सुपारीदेवि भट्टराईका अनुसार २०७६ सालमा प्राविधिक सहायक लक्ष्मण बुढ्थापा कर्मचारी समायोजन भएर सरुवा भई गएदेखी सो पदमा अन्य कुनै पनि कर्मचारी नआई रिक्त भएकोले समस्या भएको हो । २०७६ पछि २०८० सालसम्म कार्यालय सहयोगीले सेवा केन्द्र खोल्ने गरेका थिए ।
तर २०८० सालमा कार्यालय सहयोगीको पनि सेवानिवृत्त भएपछि कर्मचारी विहीन भयो । सेवा केन्द्र एक वर्षदेखि बन्द रहेको बताउनुभयो । उक्त सेवा केन्द्रका लागि प्राविधिक सहायक लोकसेवा मार्फत माग गरेका छौँ । तर अहिलेसम्म पनि पदपुर्तिहुन नसकेको गाउँपालिका पशुसेवा शाखाका प्रमुख भट्टराईको भनाइ छ ।
करारमा कार्यालय सहयोगका लागि २०८० असोज ३० गते विज्ञापन समेत गरिएको छ । अब सबै प्रक्रिया पुरा गरी फागुन महिनादेखि कार्यालय सहयोग भर्ना गरी सेवा केन्द्र खुलाउने तयारी रहेको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच