नेपाली समाज युएई को १६औ महाधिवेशन सम्पन्न, अध्यक्षमा मोक्तान

हिमालय टाइम्स
Read Time = 10 mins

युएई । गत आईतवार १९, जनवरी २०२५ का दिन दुवइको बुर्जुमान स्थित पार्क रेगिस होटलको सभाहलमा नेपाली समाज, युएईको १६औं महाधिवेशन कार्यक्रम भव्यताका साथ एक विशेष समारोहकाबीच सम्पन्न भएको छ ।

नेपाली राजदुतावास अवुधावीका महामहिम राजदुत श्री तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा दुतावासका उपप्रमुख श्री रन्जिता दाहाल, श्रम काउन्सुलर श्री दिपेन्द्र पौडेललगायतका विशिष्ट व्यक्तिहरू, यूएईका लागि नेपाल सरकारका तर्फबाट अवैतानिक पर्यटन दुत श्री मनोज नेपाल, समाजका सँस्थापक अग्रज एवं सल्लाहकारहरू, नेपाल एसोसिएसन एनआरएनए एनसिसी, नेपाल एयरलाइन्स, नेपाल पत्रकार महासंघ, राजनैतिक दलका भातृ संगठनहरू, नेफिनलगायतका संस्था प्रमुखहरूको विशेष अतिथिका रूपमा आतिथ्यता रहेको थियो । त्यसैगरि अतिथीमा पत्रकारहरू, नेपाली समाजमा आबद्द ६४ वटै संघ संस्था प्रमुख एवं यूएईमा सक्रिय विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरूको उपस्थिती रहेको थियो ।

उक्त समारोहमा समाजका पूर्व कार्य समिति पदाधिकारीहरू, साथै अन्य पार्षद् तथा आजिवन सदस्यहरूलगायत अन्य नेपाली दिदिबहिनीहरू र दाजुभाइहरूको बाक्लो उपस्थिति रहेको थियो ।

दिप प्रज्वलनसहित स्वस्ति वाचन, नेपाली राष्ट्रिय गान र यूएईको राष्ट्रिय गानका साथ विधिवत रूपमा कार्यक्रमको उद्घाटन गरिएपछि समाजका वरिष्ठ उपाध्यक्ष कमल गिरिले स्वागत मन्तव्य राख्नु भएको थियो भने दुइ चरणमा सम्पन्न कार्यक्रमको प्रथम चरण समाजका अध्यक्ष बेद प्रसाद अर्यालको सभाध्यक्षमा सम्पन्न समारोहको संचालन महासचिव केदार कुँवरले गर्नु भएको थियो ।

सोहि समारोहमा समाजको १५औ कार्य समिति (२०२३/०२५) कार्यकाल अबधिभर आजिवन सदस्यता प्राप्त गरेका करिब ८० जना सदस्यहरूलाई प्रमुख अतिथिको बाहुलीबाट सदस्यता प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।

कार्यक्रम संचालनका क्रममा समाजका महासचिव कुँवरले तत्कालिन समयमा सन् १९९० तिर खाडि युद्दका कारण यस क्षेत्रमा कार्यरत रहि समस्यामा परेका नेपालीहरूको सहयोग र सहजिकरणका लागि स्थापित भइ सुरूका दिनमा दुतावासको भूमिका निर्वाह गरि मध्य पूर्वि एशियाकै अग्रणी संस्थाको रूपमा ३६ वर्षे इतिहासलाई साक्षी राखेर सामाजिक सेवामा निरन्तर सक्रिय रहेको कुरा अवगत गराउँदै हलमा उपस्थित संस्थापकहरू चन्द्र प्रसाद सापकोटा, राजु भट्टराई तथा पूर्व अध्यक्ष कृष्ण ढकालको सक्रियता प्रति खुलेर प्रशंसा गर्नु भएको थियो ।

तेसै गरि शुभकामना मन्तव्यका क्रममा वक्ताहरूले विविध कारणवश समस्यामा परेका श्रमिकहरूको हरेक समस्या समाधान तथा सहजिकरणका लागि समाज सारथी बनेको विषय स्मरण गराउँदै, यूएईमा रहेका समस्त नेपालीहरूको हक हित र भलाइमा खेलेको भुमिकाहरूका बारेमा खुलेर प्रशंसा गरेका थिए ।

शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथी क्षेत्रीले नेपाली समाजको सक्रियताका बारेमा विभिन्न श्रोतबाट जानकारि पाय भन्दा बढि आफु यहाँ आए पछि नजिकबाट बुझ्न र अनुभव लिन पाएको कुरा व्यक्त गर्दै, यूएईका हर कुनामा रहेका नेपालीहरूमा पर्न गएको समस्या समाधान र निराकारणका लागि आवश्यक सहजिकरण, समन्वय गर्दै दुतावासलाइ सहि सुचना प्रदान गर्नमा उल्लेख्य भूमिका खेलेको विषय बताउँदै यूएईमा सक्रिय सबै संघसंस्थाहरू सँग सहकार्य गरि यति धेरै संस्था आबद्द गराएर एक द्दार प्रणालीबाट सामाजिक सेवामा सक्रिय रहँदा दुतावासको सेवा प्रवाह प्रभावकारी बनाउनका लागि अत्यन्तै महत्वपूर्ण योगदान दिएको कुरा व्यक्त गर्दै समाज तथा समाजमा सक्रिय व्यक्तिहरूको प्रगतिका लागि कामना गर्नु भएको थियो ।

उद्घाटन समारोह समापन मन्तव्यका क्रममा सभाध्यक्ष अर्यालले नेपाली समाजको महत्व र भूमिका स्थापित गर्न आफ्नो नेतृत्वको टिम सफल रहेको महसुस गरेको कुरा व्यक्त गर्दै कार्यकाल स्वर्णिम बनाउन सहयोग गर्नुहुने कार्यसमिति पदाधिकारीलगायत सबै सबैमा आभार व्यक्त गर्नुभएको थियो ।

स्मरण रहोस्, अर्यालको नेतृत्वमा रहेको कार्यसमितिले विभिन्न सेवाका कामहरू अत्यन्तै सक्रियताका साथ सम्पन्न गरेको छ, यूएईमा रहेका आपतविपदमा परेका नेपालीहरूको सहयोगका लागि ३५औ स्थापना दिवस विशेष साँस्कृतिक कार्यक्रम गरि कोष निर्माण, स्वदेशमा गत वर्ष गएको भुकम्पमा दिवंगत भएकाहरूको सम्झनामा संयुक्त अक्षयकोष स्थापना, वितारा परेका नेपालीहरूको उद्दार, मृत्युवरण गरेका नेपालीहरूको शव व्यावस्थापन, जटिल स्वास्थ समस्यामा परेका नेपालीहरूको उपचारलगायतका थुप्रै कार्यहरूमा सक्रियता पुर्वक सहजिकरण र समन्वय गरेको छ।

निर्वाचन समिति संयोजक एकेन्द्र बहादुर थापाको सभाध्यक्षतामा सम्पन्न दोश्रो चरणको कार्यक्रममा, संयोजक थापाले नवनिर्वाचित कार्यसमिति घोषणा गर्दै नेपाली समाजको ३६ वर्षे इतिहासमा निवर्तमान समितिले समयमा नै वार्षिक पार्षद् भेलासहित समयमा नै अधिवेशनको आयोजना गरि संस्थागत प्रक्रिय बसाल्ने प्रयास गरेको कुरा राख्दै १६औ महाधिवेशनको निर्वाचन प्रक्रियाबाट निवर्तमान पार्षद् अध्यक्ष राम बहादुर मोक्तानको अध्यक्षतामा निर्बिरोध नवनिर्वाचित टिम क्रमशः पार्षद् अध्यक्ष कमल गिरी, वरिष्ठ उपाध्यक्ष टंक बहादुर थापामगर, उपाध्यक्षहरू केदार कुँवर, रेशमराज खनाल, केशव ढकाल, रामबाबु न्यौपाने, राम प्रसाद श्रेष्ठ, लक्ष्मि पौडेल, तारा सिंह विष्ट, पार्षद् उपाध्यक्ष हुमराज बि.क., महासचिव जीवन पंगेनी, सचिवहरू प्रकाश दत्त बडु, अमित पाण्डे, ऋषिराम लम्साल, रमा न्यौपाने पन्थ, पार्षद् सचिव सुरेन तामाङ, कोषाध्यक्ष कृष्ण प्रसाद तिमिल्सीना, सह-कोषाध्यक्ष, लीलाप्रसाद भट्ट, प्रवक्ता युवराज भट्टराइ, केन्द्रिय सदस्य एवं महिला विभाग प्रमुख संगिता नेपाल अधिकारी, केन्द्रिय सदस्यहरू जीवलाल पाण्डे, सिर्जना थापा, बुद्द बहादुर तामाङ, डिल्लीराम तामाङ, गान्देव घिमिरे, कमल बहादुर लावती, महेश्वर घिमिरे, मणिराम गैरे र नेत्र बहादुर घर्तिमगर रहेको टिम घोषणा गर्नु भएको दोस्रो चरणको कार्यक्रम संचालन निर्वाचन समिति सदस्य सचिव माधव न्यौपानले गर्नु भएको थियो ।

गत नोभेम्बर २०२४ मा सम्पन्न पन्ध्रौं कार्यसमितिको अन्तिम पार्षद भेलाले सोह्राैं महाधिवेशन निर्वाचन कार्यक्रम संयोजनको जिम्मेवारी नेपाल पत्रकार महासंघ युएई शाखालाई प्रदान गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
1 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?