
-गणेश सिंह धामी
दार्चुला । दार्चुला सदरमुकाम जोड्ने महाकाली लोकमार्ग अन्तर्गत महाकाली नगरपालिका -५ स्थित ठण्याभिर नजिक भएको दुर्घटनामा परी घाइते भएका स्काइभेटर चालक रेशम बुढामगरको जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि नेपाल सेनाको हेलिकप्टर मार्फत उद्धार गरी धनगढी रेफर गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताउनुभयो ।
घाइते चालकको खुट्टा, छाती र टाउकोमा गम्भीर चोट रहेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।
दुर्घटना बिहान ५ बजेतिर ठण्याभिरमा सडक विस्तार गरिरहेको बेला माथिबाट सुख्खा पहिरो गई स्काइभेटरसमेत महाकाली नदी किनारमा परेको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच