
झापा । झापाका सञ्चारकर्मी मदन राजवंशीलाई आक्रमण गरेकाे आराेपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकराज चम्लागाईं र सन्तोष कार्की छन् ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जले पक्राउ गरी घटनाको विषयमा अनुसन्धान सुरु गरेको छ । पक्राउ परेका एकराज खजुरगाछी साना किसान सहकारी संस्थाका ऋण उपसमिति संयोजक नुना चम्लागाईँका छोरा र सन्तोष एकराजका साथी हुन् ।
पीडित सञ्चारकर्मी मदन र महोत्सव आयोजक समितिले शुक्रबार इप्रका गौरीगञ्जमा जाहेरी दिएका थिए । जाहेरी लगत्तै उनीहरू पक्राउ परेका हुन् । उनीहरूलाई इप्रका गौरीगञ्जमा राखिएको छ । समाचार लेखेको विषयलाई लिएर गतराति एकराज, सन्तोष लगायत सात र आठ जनाको समूहले गौरीगञ्जमा जारी आदिवासी जनजाति महोत्सव स्थलमा नै सञ्चारकर्मी राजवंशी माथि आक्रमण गरेका थिए। महोत्सवको प्रत्यक्ष प्रशारण गरिरहेको बेला राजवंशीमाथि आक्रमण भएको थियोे ।
राजवंशीलाई महोत्सव सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र स्वयंसेवकले जोगाएका थिए। राजवंशीले पुस २९ गते खजुरगाछी साना किसान सहकारी संस्थामा पौने दुई करोडभन्दा बढी अपचलन भएको समाचार गौरीगञ्ज दर्पण डटकममा प्रकाशन गरेका थिए । राजवंशी सोही अनलाइनका सम्पादक हुनुहुन्छ ।
अनलाइनमा प्रकाशित समाचारमा नुनाले सो सहकारीबाट भिन्नाभिन्नै तीन शीर्षकमा ३९ लाख एक हजार ८९६ रुपैयाँ ऋण लिएको र अपचलन भएको उल्लेख छ । सञ्चारकर्मी राजवंशीले अनलाइनमा सो सहकारी संस्थाको अध्यक्ष डिककुमारी अधिकारीसँगको भिडियो पनि पोष्ट गर्नु भएको छ । भिडियोमा अध्यक्ष अधिकारीले रकम अपचलन भएको स्वीकार्नु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच