
खोटाङ । खोटाङको वराहपोखरी गाउँपालिका सात वर्षपछि पक्की भवनमा सरेको छ । संघीय संरचना कार्यान्वयनमा आएपछि विद्यालयको भवनबाट कामकाज थालेको गाउँपालिका अन्ततः सात वर्ष, सात महिनापछि पक्की भवनमा सरेको हो।
२०७४ को स्थानीय तहको निर्वाचनपछि कार्यान्वयनमा आएको गाउँपालिकाले सुरुवातमा जनविकास माध्यमिक विद्यालय साउनेचउरमा कार्यालय खडा गरेर करीव एक वर्ष, त्यसपछि बालकन्या माध्यमिक विद्यालय फाक्टाङ धर्तुङबजारमा कार्यालय व्यवस्थापन गरेर दुई वर्ष सेवा प्रवाह गरेका थिए।
त्यसपछि फाक्टाङको बाघखोर भन्ज्याङमा प्रीफ्याक बोर्डको भवन निर्माण गरी करीव पाँच वर्ष सेवा प्रवाह गरेको गाउँपालिका अन्ततः नयाँ भवनमा सरेको हो ।
गाउँपालिकाको ५५ प्रतिशत र संघीय सरकारको ४५ प्रतिशत लगानीमा कूल ६ करोड १० लाख ४५ हजार ६९४ रुपैयाँ २६ पैसामा कौशिल बस्नेत निर्माण सेवा प्रालि काठमाण्डौले नियम अनुसार म्याद थप गरेर गत मंसिर ३० गते भवन निर्माण सम्पन्न गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकुमार अधिकारीले जानकारी दिनुभयो।
संघीय सरकारले ६० प्रतिशत र गाउँपालिकाले ४० प्रतिशत बजेट लगानी गर्ने भनिए पनि गाउँपालिकाले १५ प्रतिशत बढी लगानी गरेर भवन बनाएको हो।
४२६.२ वर्ग मिटरमा बनेको चारतले भवनको भुईतला र पहिलो तलामा ६/६ कोठा, दोश्रो तलामा ७ कोठा र तेश्रो(टप)तलामा सभाहलसहित तीन कोठा रहेको गाउँपालिकाका इन्जिनियर हिमाल कार्कीले बताए। कार्कीका अनुसार सबै तलामा महिला पुरुषको छुट्टाछुट्टै शौचालय छन्।
आर्थिक वर्ष २०७७/०७८ मा टेण्डर आव्हान भई २०७८ कात्र्तिक ७ गते गाउँपालिका र निर्माण कम्पनीबीच सम्झौता भई काम सुरु गरिएको थियो।
गाउँपालिकाको केन्द्र फाक्टाङस्थित धर्तुङमा निर्माण सम्पन्न सुविधायुक्त भवनको शुक्रबार कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवंम् स्वास्थ्यमन्त्री भुपेन्द्र राईले गर्नुभएको छ ।
गाउँपालिका अध्यक्ष शालिकराम बन्जाराको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राई, जन्तेढुंगा गाउँपालिकाकी अध्यक्ष अरुणादेबी राई, हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर रमेशकुमार राउत, जन्तेढुंगा गाउँपालिकाका उपाध्यक्ष खेम बहादुर खड्का र खोटेहाङ गाउँपालिकाका उपाध्यक्ष रुपेश राई लगायत राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच