
-शुभाकर विश्वकर्मा
नेपालगञ्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ स्थित कोर क्षेत्रमा पाटेमाघ मृत अवस्थामा फेला परेको छ ।
शुक्रबार विहान निकुञ्जको कोर क्षेत्रमा पाटेबाघ मृत अवस्थामा फेला परेको हो । बाँके राष्ट्रिय निकुञ्जका अनुसार शुक्रबार विहान गस्ती गएको टोलीले पाटेबाघलाई मृत अवस्थामा फेला पारेको थियो ।
बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दीप पँगेनीले अन्दाजी १३ वर्षजतिको भाले जातिको पाटेबाघ फेला परेको बताउनुभयो । उहाँका अनुसार पाटेबाघको शरीर क्षतविक्षत अवस्थामा भेटिएको हो । प्रकृति हेर्दा बाघ केही दिनअघि मरेको हुनसक्ने अनुमान गरिएको छ ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वीरेन्द्र कँडेलले पाटेबाघ काल गतिले मेरेको हुन सक्ने बताउनुभयो । पाटेबाघको फोटो हेर्दा अलि बुढो देखिने उहाँले बताउनुभयो । कँडेलले बाँके राष्ट्रिय निकुञ्जको गस्ती टोलीले प्रत्येक दिन निकुञ्जको कोर क्षेत्र र मध्यवर्ती क्षेत्रमा बिहान, दिउँसो र साँझ गस्ती गरिरहने बताउनुभयो । बाँके राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या २५ वटा रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच